यही भाद्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘बर एण्ड बधु’ सिनेमा जस्तै सिनेमा बनेको चलचित्रका निर्देशक मिलन चाम्सले दावी गरेका छन । चलचित्रको प्रचार प्रसारको लागी पुर्वको बिभिन्न शहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चाम्सले यस्तो बताएका हुन । धरानका पत्रकारहरु सँग कुराकानी गर्दै उनले आफुले धेरै किसिमका चलचित्रहरु निर्माण निर्देशन गरिसकेको तर ‘बर एण्ड बधु’ साचै एक सिनेमा जस्तै सिनेमा बनेको निर्देशक चाम्सको दावी छ ।
चलचित्र हुनुपर्ने रोमान्स, फाइट, कमेडी,ट्राजिडी,सबै कुरा ‘बर एण्ड बधु’ मा भएकोले चलचित्र उत्कृष्ट बनेको चाम्सको दावी छ । चलचित्रको लोकेशन, देखी स्टोरी, कास्ट हरेक कुरालाई ध्यानमा राखेर निर्माण गरिएको चलचित्र निर्माण गर्न दुई बर्ष लागेको चाम्सले बताए ।’बर एण्ड बधु’ रोमनियामा मात्र छायांकन गरेको बताइदै आएपनी फ्रान्स, इटली लगायतमा छायांकन भएको चाम्सले खुलाए । आफुले निर्देशन गरेको लव स्टोरी चलचित्र ‘लिली बिली’ पछीकै उत्कृष्ट चलचित्र ‘बर एण्ड बधु’ बनेको चाम्सको दावी छ ।
चलचित्र प्रदर्शनमा आउन एक हप्ता बाकी रहदा चलचित्रको प्रचार प्रसारलाई तिव्रता दिदै पुर्वका बिर्तामोड ,दमक , बिराटनगर, इटहरी र धरानमा भएको पत्रकार भेटघाट तथा कलेज क्याम्पियन कार्यक्रममा चलचित्रका मुख्य कलाकार हरु आचल शर्मा, किरण केसी, बिबेक कर्माचार्य, निर्मात्री जानुका थापा र निर्देशक मिलन चाम्स थिए । एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको ‘बर & बधु’ मा प्रदीप भारद्वाजको कथा , सफल निर्देशक मिलन चाम्सले निर्देशन रहेको छ ।
चलचित्रको निर्माता जानुमा थापा र कार्यकारी निर्माता अमित रिजाल हुन । नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई रबिन्द्र न्यौपाने र अनिश स्याङ्देनले खिचेका हुन भने डिओपी सुदीप बराल हुन्। भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ।