यही भदौ २१ गतेबाट देश र बिदेश एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । सर्वजनिक १ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरमा वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी निर्मला पन्तको बलात्कार पछी भएको हत्याको बिषयबस्तुलाई चलचित्रमा मुख्य बिषय बनाइएको छ । निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्ड मध्ये एक हो । नाबालिक १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्यामा आधारित रहेको टिजरले स्पस्ट बताउछ । देवी अर्थात शिल्पा एक अन्यायको बिरुद्दमा लडने सशक्त्त महिलाको रुपमा प्रस्तुत गरिने ट्रेलरबाट प्रस्ट भएको छ । ‘देवी’ ले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गर्ने अनुमान लगाउन सकिन्छ । सार्वजनिक भएको ट्रेलरमा चलचित्रका सबै मुख्य पात्रहरु अटाएकाछन ।
हिंन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर प्रदर्शनमा आउने ‘देवी’को ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए । कोरोना अगाडीबाट नै सुरु गरिएको सिनेमा निर्माणका क्रममा आफुले विभिन्न उतार चढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे ।आफुले यो सामाजिक कथामा सिनेमा निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आएपनि समाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेकाले देवी बनाएको निर्देशक राईले बताए । आफ्नो सिनेमा रिलिजमा सघाएको बाँसुरी फिल्मस्का सञ्चालक रामबाबु गुरुङलाई धन्यवाद दिए ।निर्देशक राईलाई यो सिनेमा निर्माण सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी सिनेमामा सह-निर्माताको रुपमा छिन् । सिनेमाको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाका निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको सिनेमा हो । सार्वजनिक प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको सिनेमाको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।