अडियो को सम्पूर्ण काम भारतको मुम्बईमा गरिएको भारतीय संगीतकारले संगीत गरेको, भारतीय गायक ले गाएको नेपाली चलचित्र ‘राबायण’ मा सवाबेश रहेको भजन गीत सार्वजनिक भएको छ । डाक्टर कृष्ण हरी बरालले लेखेको चलचित्रको शिर्ष गीतको सबै शब्दले ‘हिन्दू धार्मिक ग्रन्थ रावायणको व्याख्य गर्दै पढ्न हेर्न अनुरोध गरेको छ । चकलेटी नायकको छबी बनाएका पल शाह र अभिनेत्री पुजा शर्माको मुख्य भुमिका रहेको चलचित्र रावायणको यो पहिलो गीत हो । मंगलबार सार्वजनिक शिर्ष गीतमा पल र पुजासँगै निर्देशक सुदर्शन थापा पनि देखिएका छन । गीतमा रेवन आरती सिंहको संगीत , डाक्टर कृष्ण हरि बरालको शब्द रचना र नाकाश अजिजको स्वर छ । भजन गीतलाई विक्रम स्वारले गज्जबले कोरियोग्राफी गरेका छन । उनको यो कोरियोग्राफी हेर्दा लाग्छ दक्षिण भारतीय चलचित्र हो , कोरियोग्राफी तारिफ योग्य छ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको व्यानरमा बनेको चलचित्रको निर्माता पुजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमाका निर्देशक सुदर्शन थापा हुन् । सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतको अभिनय छ । ‘राबायण’ सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन रहेको छ । चलचित्र यही भदौ २१ गते प्रदर्शनमा आउँदै छ ।