दक्षिण भारतीय सिनेमा र बलिवुडका चर्चित हास्यकलाकारहरु र खलनायकहरुलाई लिएर निर्माण गरिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को पहिलो गीत उठेर नाचिस्यो बसेर नाचिस्यो बोलको गीत सार्वजनिक भएको छ । यहि असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको छ । गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी प्र्स्तुत छन । दुर्गेश थापाको शब्द, संगीत निर्देशन, र एरेञ्ज रहेको गीतलाई सदिक्षा कट्टेल दुर्गेशले गाएका छन । गीतमा सुष्मा सुनामको कोरियोग्राफी गज्जब छ । गीत रिलिज संगै भिडियो मेकिङले तारिफ पाएकोछ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।