आइतबार पारीत भएको धरान उपमहानगरपालिकाको बजेटमा नेपाली चलचित्र छायांकनमा प्रोत्साहन दिइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले नगर प्रमुख भिजन कार्यक्रम अन्तर्गत आफ्नो ५ करोड बजेटबाट रु १० लाख छुटाएका छन । यो १० लाख बजेट धरानमा छायांकनका लागी आउने चलचित्र निर्माण टिमको लागी खाना या खाजामा भएपनी केही राहत होस भन्ने हेतुले साथै कुनै पनि रियालिटी शो गर्नेहरुको लागी दिइने गरी शिर्षक छुटाइएको छ । साम्पाङले गत फागुन ३० गते चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले चलचित्र महाजात्रा को टिम सँग आयोजना गरेको ‘स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख साम्पाङले आउँदो वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका थिए ।
उनले धरानमा रहेका फिल्म छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने समेत बताएका थिए । । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु ।’ उनले नेपाली कला संस्कृतिको विकासमा आफू गम्भीर रहेको समेत बताएका थिए। उक्त्त संवादमा बरिष्ठ कलाकार हरिबंश आचार्य , निर्माता कलाकार रबिन्द्र सिङ बानिया बिपिन कार्की, बर्षा राउत, रबिन्द्र झा, याक्थुङ चलचित्रकर्मी संघ का केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो, निर्देशक बिजय सुब्बा, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ॠषि राई, चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्मा सहभागी थिए । आइतबार उपमहानगरपालिकाको प्रांगणमा आयोजित १५ औं नगरसभाबाट बजेट पारीत भएको छ । पमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि कुल १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैयाको बजेट ल्याएको छ ।