धरानमा केन्द्रिय कार्यालय रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले जिल्लामा आफ्नो शाखा बिस्तारलाई तिव्रता दिएको छ । कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बोको नेतृत्वमा रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले शनिबार बेलाबारी स्थित आदीवासी जनजातीको सभाहलमा एक कार्यक्रम गरी गणेश यक्सो को अध्यक्षतामा २० सदस्यीय मोरङ शाखा गठन गरेको छ । संघले यसअघी धनकुटा र झापा शाखा गठन गरिसकेको छ । केन्द्रिय कार्यसमितीका पदाधीकारीहरु नुमा नेयोङ , तिर्थराज लिम्बु, सानुराजा थेगिम लिम्बु साथै लिम्बु चलचित्र कुमाक्ला फाक का निर्माता नबिन पराजुली,कलाकारहरु कृष्ण लावती , कर्ण सम्बाहाम्फे, डम्बर कुमारी लिम्बु, मिना हुक्पा चोङ्वाङ लगायतको उपस्थितीमा मोरङ शाखा गठन भएको केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए ।
सम्पूर्ण याक्थुङ चलचित्रकर्मीहरुको सकृय उपस्थिती र समितीको नेतृत्व र पदमा रहेर काम गर्ने इच्छा धेरैको हुँदा छलफल पछी सर्वसम्मतीका साथ पदाधिकारीहरु चयन गरिएको केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले जानकारी दिए । नव गठित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष मेन्याङवोले सपथ ग्रहण गराएका थिए । मोरङ शाखामा अध्यक्ष गणेश यक्सो, उपाध्यक्षहरु मिना हुक्पाचोङ्बाङ,सुनिता धक्सु र प्रमिला चेम्जोङ , सचिव गोपाल फप्न लिम्बु , कोषाध्यक्ष ज्योती हाङ्स्रङ, सह -कोषाध्यक्ष तुलसा कन्दङ्वा लिम्बु र सदस्यहरु अरफ लिम्बु, रेसिका फागो,सन्तविर साम्याम्खाङ, सन्चमाया लावती,मनकुमारी हाङ्स्रोङ,प्रबेश मिभक ,इुन्द्र थाम्देङ माया योङ्हाङ,अरुणा निङ्लेखु, दुर्गा फोम्बो र दिलकुमारी यक्सो रहेका छन ।
संघको केन्द्रिय सदस्य सानुराजा थेगिमले संचालन गरेको कार्यक्रमको अध्यक्षता गोविन्द हुक्पा चोङ्वाङले गरेका थिए भने
प्रमुख अतिथि याक्थुङ चलचित्रकर्मी संघ केन्दिय अध्यक्ष कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बो थिए । कार्यक्रमका प्रमुख अतिथी मेन्याङ्बोले नबगठित सम्पूर्ण पदाधीकारीहरुलाई बधाई तथा धन्यवाद दिए । उनले संस्थाले स्थापनाकाल देखि गर्दै आएको कार्यक्रम र अगामी दिनका भावी योजनाहरु बारे नवगठित समितीलाई बिस्तारमा जानकारी दिए । उनले संस्थाको केन्द्रिय कार्यालय धरानमा रहेपनी अब चाडैनै याक्थुम्बा हरुको बसोबास रहेको जिल्लाहरुमा शाखा गठन गर्ने योजना रहेको बताए । शाखा बिस्तार पछी संस्थालाई बलियो बनाएर अझ धेरै कार्यक्रमहरु गर्दै जाने प्रतिबद्द्त्ता जनाए । कार्यक्रमको स्वागत मन्तब्य कर्ण सम्बाहाम्फेले गरेका थिए ।