‘यस बर्षको बडा दसैं अर्थात यही असोज १७ गते घटस्थापना देखी प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘बेहुली फ्रम मेघौली’ को पहिलो गीत रिलिज भएको छ। चलचित्रको पहिलो गीत ‘उडायो मन’ बोलको गीतमा जयन जे वाइवाको शब्द र संगीत छ् भने इन्द्रकला राईको स्वर रहेको छ। गीतको एरेन्जको काम पनि आँफै गरेका जयनले गीतलाई नेपाली भाषा र थारु भाषाको गज्जबको मिश्रण दिएकाछन । गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् । गीतको मर्म भाव अनुसारनै कोरियोग्राफर शेखर घर्ती मगरले सिनेमाकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्कालाई गज्जबले प्रस्तुत गरेका छन । गीतको मर्म अनुरुप भिडियोमा देखीएको स्वस्तिमाको उताउलोपनले भिडियो हेरिरहन मन लाग्छ । गीतमा स्वस्तिमा संगै सिम्रिक खड्का तथा निश्चल बस्नेत फिचर भएका छन् ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् । अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमामा केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको छ ।