एक समयकी चर्चित नायिका ऋचा घिमिरेको श्रीमान तथा निर्देशक शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘तेल भिसा’को पहिलो चरणको छायांकन अमेरिकामा समापान भएको छ । आइतबार निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेकोछ । ‘तेल भिसा’ अमेरिका छायांकन समाप्ती संगै दोस्रो चरण छायांकन सोमबारबाट चितवनमा सुरु भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनलाई जवान र बृद्ध गरी दुई फरक लुक्समा देखिएको छ । पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । सिनेमाको पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउछ ।
भदौ २९ गते रिलिज हुने भनिएको सिनेमा अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रको प्रदर्शन मिती उपयुक्त लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरे बताउँछन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा बुद्धि तामाङको पनि अभिनय सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।