Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छ – भुवन केसी

नायक भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रहरुले विश्वमा आदीवासीहरु र सम्पूर्ण नेपालकै नाम राख्ने विश्वास व्यक्त गरेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार २० गते २३:३४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छ – भुवन केसी
63
SHARES
Share on FacebookShare on Twitter

नेपाल सरकार चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सदावहाँर नायक भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रहरुले विश्वमा आदीवासीहरु र सम्पूर्ण नेपालकै नाम राख्ने विश्वास व्यक्त गरेका छन । बिहिबार इटहरीमा आयोजित मातृभाषी चलचित्र प्रवर्धन समितिको आयोजना , आदिवासी जनजाती चलचित्र महासंघको कोशी प्रदेशको सह – आयोजना र चलचित्र बिकास बोर्डको सहयोगमा सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो विश्वाश व्यक्त गरेका हुन । उनले आदिवासी जनजातीहरुले आफ्नो भाषा कला संस्कृतिलाई मुख्य बिषय बस्तु बनाएर सिनेमा निर्माण गरेपनी नेपालको चलचित्र ऐन नबनेकै कारण ओझेलमा परेको दावी गरे । आफु बिकास बोर्ड अध्यक्ष भैसके पछी काठमाण्डौमा मात्र सिमित रहेको चलचित्र गतिविधीलाई मोफसलमा पनि सुरु गरेको अगामी सबै भन्दा मुख्य कुरा चलचित्र ऐन भएकाले अब सबै चलचित्रकर्मीहरुले सबैठाउबाट आवाज उठाउने बेला भएको सुनाए ।

कार्यक्रमका बिशेष अतिथी आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु दुइओटा आन्दोलनमा रहेको बताए । हाम्रो मुद्दा हरु चलचित्र मार्फत भन्नुपर्ने आवश्यक भएकोले पनि अव चाडैनै आदिवासी चलचित्रको हितको लागी बिधयेकको आवश्यकता औल्याए । आदिवासीहरु कला र संस्कृतिधनी भएकोले आदीवासीहरुको भाषामा कोहि प्रतिस्पर्धा गर्न आउछ आफुहरु खुलाम खुल्ला प्रतिस्पर्धा गर्न तयार तयार रहेको चुनौती दिए । उनले कलाकार र चलचित्र मानोरन्जन को साधन मात्र नभएकोले आदीवासी चलचित्र मार्फत हाम्रो कथा भन्न लागिरहेका बताए ।

ADVERTISEMENT

कार्यक्रमका अर्का बिशेष अतिथी कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पछील्लो समय चलचित्रहरुलाई मानोरन्जन सँग मात्र जोडेर व्यवसायिक सफल चलचित्रहरुलाई मात्र सफल भनेर भ्रम छरिरहेको भन्दै चलचित्रहरुलाई व्यवसाय सँग मात्र जोडन नहुने तर्क गरे । अब आदिवासी जनजाती चलचित्रकर्मीहरु एकजुट भैसकेपछी चलचित्र लाई साँस्कृतिक आन्दोलन सँग जोडन आबश्यक रहेको जोड दिए । भ्युअर्स बढाउन र व्यवसायिक सफलता पाउन लाई चलचित्रहरुले गलत व्याख्या गरिररहेको खापुङ को गुनासो छ । पछील्लो समय साँस्कृतिक चलचित्र निर्माण गरेको भन्दै अध्ययन नपुग्दा जनजाती चलचित्रहरुले गलत जानकारी दिएको बताए । आदिवासी जनजाती चलचित्रहरु मात्र हैन अन्य चलचित्रहरु निर्माण गर्दा निकै ख्याल गरेर अध्यन गर्नु आवश्यकस्ता रहेको बताए । यती धेरै आदिवासी जनजाती चलचित्रकर्मी हरु हुँदाहुँदै पनि धर्म संस्कार संस्कृतीको उजागर गर्ने जनजाती चलचित्र नबनेको उनको गुनासो थियो ।


आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ को संयोजक भएपछी ज्योतीराज राईले गत बर्षपनी भव्य कार्यक्रम आयोजना गरी आधा दर्जन चलचित्रकर्मीहरुलाई सम्मान गरेका थिए । गत बर्ष वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राई लगायत कोशी प्रदेशका आधा दर्जन चलचित्रकर्मीहरुलाई सम्मान गरेको थियो भने यस बर्षबाटनै चलचित्र बिकास बोर्ड अन्तर्गत आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजक भएपछी ज्योतीले इटहरीमा भव्य विचार गोष्ठी कार्यक्रम आयोजना गरी दुई दर्जन बढी चलचित्रकर्मी तथा समाजसेवी हरुलाई सम्मान गरिएको छ । इटहरी स्थित इटहरी पार्टी प्यालेशमा आयोजित कार्यक्रममा पुर्वका बिभिन्न जातजातीको पहिचान झलकाउने झाकी तथा साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेर भव्यताका साथ समपन्न गरिएको छ । आजको कार्यक्रममा सम्मानित हुनेहरुमा चर्चित नायिका मिरुना मगर, याक्थुङ भाषाविद्द याशेली योङ्हाङ , समाज सेवी तथा गीतकार मिना सिङ्गक लाई सम्मान तथा बिभिन्न चलचित्रकर्मी हरुलाई कदर पत्र प्रदान गरीएको थियो ।

कार्यक्रमका सभापती ज्योती राज राईले आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’ले हरेक प्रदेशमा चलचित्र निर्माण,प्रबर्द्दन, सहकार्य बजारीकरण र सम्मान सहित बिचार गोस्ठी कार्यक्रम २०८१ गर्दै आएको जानकारी दिए । लुम्बिनी प्रदेशको बुटवलमा सफलता पुर्वक सम्पन्न गरेको कार्यक्रम कोशी प्रदेशको इटहरीमा पनि भव्यताका साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए । पछील्लो समय आदीवासी जनजातीहरुले आफ्नो जातीय र साँस्कृतिक झल्काउने चलचित्र निर्माण गर्ने र प्रदर्शन गर्ने हब नै बन्दै गएको कोशी प्रदेशमा यस्तो प्रकारको कार्यक्रम आबश्यक देखिएकोले पनि यहाँ आयोजना गरिएको संयोजक राईले जानकारी दिए । नेपालकै सबैभन्दा धेरै जातीय चलचित्र निर्माण र प्रदर्शन हुने ठाउँ कोशी प्रदेशमा निर्माण भएको आदिवासी जनजाती मातृभाषी चलचित्र प्रबर्द्दन, बजारीकरणमा कसरी सहकार्य गर्ने दर्शकहरुले मागेको जस्तो चलचित्रहरु कसरी निर्माण गर्ने , अन्य नेपाली चलचित्रहरु सँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने बारेमा छलफल र अन्तर्कृया कार्यक्रम आयोजना गरिएको संयोजक राईले जानकारी दिए ।

 

 

 

Previous Post

क्यानाडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका

Next Post

इटहरी निवासी समालोचक डा. रामजी तिम्सिनाको खोजी जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist