Thursday, February 19, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

क्यानाडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका

क्यानाडा नेपाल माउण्टेन फिल्म फेस्टिवलमा नायक प्रदीप खडका र नायिका मिरुना मगर उत्कृष्ट नायक नायिका घोषित भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार २० गते ०८:३४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
क्यानाडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका
60
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशको राजाधानी बिराटनगरमा बुधवार सम्पन्न पहिलो क्यानाडा नेपाल माउण्टेन फिल्म फेस्टिवलमा नायक प्रदीप खडका र नायिका मिरुना मगर उत्कृष्ट नायक नायिका घोषित भएका छन । खडका प्रेम गीत – ३ बाट उत्कृष्ट छनोट भएका हुन भने , मगर जारी बाट उत्कृष्ट नायिका घोषणा भएकी हुन । मंगलवार प्रमुख अतिथी कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण मगरले उदघाटन गरेको फेस्टिवलको समापन कार्यक्रमका प्रमुख अतिथी चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी रहेका थिए । नेपाल सहित अमेरिका,क्यानडा,भारत,वंगलादेश गरी ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त भएको आयोजक चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । उनका अनुसार फिचर, डकुमेन्ट्री,सर्ट मुभी गरी जम्मा ५ देश बाट २४ चलचित्र प्रतियोगिताका लागि योग्य भएर पर्यटन,संस्कृति,माउण्टेन र पर्यावरणसँग सम्वन्धित वा ति विषयवस्तु समेटिएका चलचित्रहरुलाई सहभागी गराइएको थियो ।

इनास नेपाल च्याप्टरका उपाध्यक्ष निर्देशक ऋषि लामिछाने संयोजक, संचारकर्मी तथा गीतकार दयाराम पाण्डे र चलचित्र निर्देशक समाजकी कोष अध्यक्ष समुन्द्र भट्ट सदस्य रहेको निर्णायक टिमले २४ वटा चलचित्रबाट १० वटा चलचित्र छनोट गरी १३ बिधामा अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत द बेस्ट सर्ट मुभी अन्तरराष्ट्रिय ‘किन’ (अमेरिका) , चारदाम नेपाल ,द बेस्ट सर्ट मुभी निर्देशक अयुव केशी ‘अदेख’, बेस्ट फिचर डकुमेन्ट्री ‘मुशार’ क्यानाडा , उत्कृष्ट साँस्कृतिक चलचित्र ‘जारी’ बेस्ट माउण्टेन फिल्म ‘प्रेम गीत -३’ बेस्ट टुरिजम फिल्म ‘यात्रा’ बेस्ट जुरी अवार्ड ‘बिच्छेद’, बेस्ट डिरेक्टर ,सन्तोष सेन ,स्व छेतन गुरुङ (प्रेम गीत -३) बेस्ट फिल्म अन्तरराष्ट्रिय ‘क्याटकोरी’ सर्वोत्कृष्ट चलचित्र अन्तरराष्ट्रिय क्यानाडाबाट ‘लव लस्ट एण्ड फाउण्ड’ बेस्ट फिल्म २०२४ क्याटकोरी र नेपालबाट बुलाकीले अवार्ड जितेको छ । यसरी हेर्दा समग्रमा प्रेम गीत -३ ले ह्याट्रीक अवार्ड जितेको छ । समय अभावको कारण देखाउदै छनोट भएका सबै चलचित्रहरु भने प्रदर्शन भएनन । फेस्टिवलमा समावेश भएका सबै चलचित्रहरु जुरी ले हेरिसकेर छनोट गरेको र अवार्डको लागी तयार पारेको भन्दै आयोजकले समय अभावको कारण देखाउदै सबै चलचित्र प्रदर्शन हुन नसकेको दावी गरेको छ ।

ADVERTISEMENT

समापन कार्यक्रमका प्रमुख अतिथी तथा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रहरुलाई अन्तरराष्ट्रिय बाजारमा पुर्याउन एक दुइजना चलचित्रकर्मी हरुले संस्थाहरु जती लागे पनि सरकारको साथ नभए असम्भव भएको बताए । जबसम्म सरकारले मनदेखी नेपाली चलचित्र र चलचित्रकर्मी हरुलाई माया गर्दै चाहेर सहयोग गर्दैन तब सम्म हामीले छलाङ मार्न नसक्ने बताए । तैपनी मोफसल लगायतका चलचित्रकर्मीहरुले जती प्रयास गरेपनी सम्भव नभएको दावी गरे । चलचित्र मनोरन्जनको क्षेत्र मात्र नभएर देशको कला र साँस्कृतिक लाई विश्वभर चिनाउने माध्यम भएको कुरा सरकारले नबुझे सम्म चलचित्र बिकास गर्न निकै समस्या हुने बताए । आफु चलचित्र क्षेत्रमा प्रबेश गर्नु भन्दा अगाडी २०३६ सालकै चलचित्र ऐन अहिले सम्मपनी लागु हुनुले चलचित्र सम्बन्धी सरकार गम्भिर नभएको केसीको आरोप छ । हामीले चलचित्र ऐन संसोधनको लागी पठाएका छौ , यदी संसोधन भएर आयो भने नेपाली चलचित्रको ८० देखी ९० प्रतिशत समस्या समाधान हुने केसेको विश्वाश छ ।

कार्यक्रम आयोजक चलचित्रकर्मी महासंघका कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले कोशी प्रदेशमा चलचित्र गतिविधी बढाउदै यहाँको चलचित्र पर्यटनको बिकास मा टेवा पुर्याउन संघले निरन्तर कार्यक्रम गर्दै आएको बताउदै पछील्लो समय प्रदेश सरकार पनि चलचित्र सम्बन्धी निकै सकरात्मक हुँदै गएको दावी गरे । फेस्टिवलमा चलचित्र पत्रकार, कोशी प्रदेशका चलचित्रकर्मी हरु , समाजसेवी लगायतलाई सम्मान गरिएको थियो ।

 

 

Previous Post

‘चित्रा’ टिमद्वारा ‘तै चुप मै चुप’को निर्माण घोषणा, राजिनितिक बिषय उठाउने

Next Post

आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छ – भुवन केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist