गत पौष २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘चित्रा’ का निर्देशक घनश्याम लामिछाने र कार्यकारी निर्माता तथा कलाकार सन्तोष अधिकारीको टिमले अर्को नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । चित्रा मा आफ्नो छोरीको खुशीको लागी अदभुत प्रेम त्याग गर्ने बुवा छोरीको कथा थियो भने भर्खरै निर्माण घोषणा गरिएको ‘तै चुप मै चुप ‘ ले भने हालको नेपालको राजनितीको गतिविधिलाई कमेडी जनरामा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको हो । मनिष गौतमको स्कृप्ट, सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्र ‘तै चुप मै चुप’लाई जेठ २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र लण्डन टु पेरिस का निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने छन् ।
हाल कलाकार र गीत सङ्गीत छनोटको काम भइरहेको चलचित्रको काठमाण्डौ र पोखरामा छायाङ्कन हुने निर्माण टिमले जनाएको छ ।
पोलिटिकल सस्पेन्स कथा रहेको उक्त चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यही टिमले निर्माण गरेको चित्रामा कलाकार सन्तोष अधिकारी लगायतको कामले निकै तारिफ पाएको थियो ।आगामी वर्ष भित्र प्रदर्शन गर्ने तयारी रहेको ‘तै चुप मै चुप ‘ चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने चलचित्रको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्ने भएका छन ।