Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘ह्रस्व दीर्घ’को छायांकन काठमाडौंमा धमाधम, भारतीय कलाकार सहित पत्रकार भेटघाट

दक्षिण भारतीय सिनेमा र बलिवुडका चर्चित हास्यकलाकारहरु र खलनायकहरुलाई लिएर निर्माण गरिएको नेपाली चलचित्र 'ह्रस्व दीर्घ'को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार १९ गते २१:५२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘ह्रस्व दीर्घ’को छायांकन काठमाडौंमा धमाधम, भारतीय कलाकार सहित पत्रकार भेटघाट
43
SHARES
Share on FacebookShare on Twitter

दक्षिण भारतीय सिनेमा र बलिवुडका चर्चित हास्यकलाकारहरु र खलनायकहरुलाई लिएर निर्माण गरिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको चलचित्रको बारेमा जानकारी दिन साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो । अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अन्तिम सेड्युल पनि हो । ४ दिनमा सिनेमाको सम्पुर्ण छायांकन सकेर पुर्ण रुपमा सिनेमाको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने निर्देशक पन्तले बताए ।

सिनेमाकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् । उहाँहरु छायांकनको लागि नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको उनले बताइन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ । बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावतले आफुले सिनेमामा अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी सिनेमा ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली सिनेमाको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।

यस्तै, दक्षिण भारतीय सिनेमा ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । सिनेमाको स्कृप्ट अनुसार सिनेमा पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो सिनेमाले नेपाली सिनेमालाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया सिनेमा भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए ।नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

ADVERTISEMENT

 

Previous Post

दसैंमा प्रदर्शन गर्ने तय भएको ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक

Next Post

‘चित्रा’ टिमद्वारा ‘तै चुप मै चुप’को निर्माण घोषणा, राजिनितिक बिषय उठाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist