Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्व. भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बिर्तामोडमा बिशेष प्रदर्शन

भजन सिरोमणी स्वर्गिय भक्त्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ १३ वर्षपछि गत असार ७ गतेबाट पुनः पदर्शनमा आएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार १३ गते ०८:५७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
स्व. भक्तराज आचार्यको बायोपिक ‘आचार्य’  बिर्तामोडमा बिशेष प्रदर्शन
61
SHARES
Share on FacebookShare on Twitter

भजन सिरोमणी स्वर्गिय भक्त्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ १३ वर्षपछि गत असार ७ गतेबाट पुनः पदर्शनमा आएको छ । गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमालाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन थालेको सिनेमामा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् । पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गरिएको निर्माण टिमले जनाएको छ ।

पुन प्रदर्शनमा आएको छैठौ दिनमा झापाको बिर्तामोडको क्यु एफ एक्स सिनेमा मा बिशेष शो गरिएको छ । स्थानीय संचारकर्मी सुनिता तामाङको व्यवस्थापन स्थानीय संचारकर्मी सुनिता तामाङको व्यवस्थापन , झापाली सङ्गीतकर्मी तथा स्रष्टाहरु ,बिर्तामोडको संगीत बिधालय र कलाकारहरुको पहलमा आयोजित बिशेष शो मा झापाका दर्शकहरुसङै भारत सिक्किमक दर्शकहरुको पनि उपस्थिती रहेको थियो । सिनेमा हेर्न संगीतकार गायक, संगीत गुरु, साहित्यकार‌, बरिष्ठ गीतकार शिव शंकर थापा, संगीत गुरु कृष्ण योञ्जन, संगीत गुरु ध्रुब पाठक, संगीत गुरु दिपक रायमाझी , चलचित्र निर्माता केवल तामाङ, चलचित्र पत्रकारहरु लगायत बिर्तामोड आसपासका संगीत विद्यालयका विद्यार्थी तथा चलचित्र पत्रकारहरूको उपस्थित्त रहेको थियो । ‘आचार्य’ हेर्न उपस्थित अधिकांश दर्शक र सर्जकहरुले चलचित्र ‘आचार्य’ पुन: रिलिज गर्नु भजन शिरोमणीको लागि अर्थपूर्ण श्रद्धाञ्जली भएको बताए ।

ADVERTISEMENT

हल सम्म चलचित्र‌ “आचार्य”हेर्न पुगेका दर्शकले‌ भने‌ चलचित्र हेर्न पाइरहेका छैनन्। यसमा हल व्यावसायीहरुको न्युनतम दर्शकमा चलचित्र प्रदर्शन गर्न पनि जोखिम रहेको , बताउँछन् तर दर्शकहरुको नेपाली चलचित्र हेर्ने इच्छालाई सम्मान गर्दै थोरै दर्शकहरुको उपस्थितीमा पनि सिनेमा प्रदर्शन गरिरहेको क्यु एफ एक्स सिनेमा बिर्तामोडका म्यानेजर केदार बस्नेत बताउछन । बर्षमा केही राम्रा चलचित्रहरु आउछन बाकी समय त सिनेमा हल लाई क्यान्सर लागे झै हुन्छ ठट्यौली पारामा उनले भने । ‘आचार्य’ जस्ता बायोपिक चलचित्र हेर्नै पर्ने चलचित्र बनेकोले पनि सबैले हेरेर राष्ट्रको एक गहना भजन सिरोमणी स्वर्गिय भक्त्तराज आचार्यको जीवनी बुझ्न पाउनु राम्रो कुरा रहेको र झापाका दर्शकहरुले नेपाली चलचित्रहरुलाई गर्ने प्रेमले झापाली दर्शक सधैं एक कदम अगाडी रहेको बताए ।


सिनेमालाई पुन प्रदर्शन गर्न अगाडी सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । सिनेमाका निर्माता रोशन राई हुन् । सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ ।प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ ।

Photo : Tikaram Bastola , Jhapa

Previous Post

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रबर्द्दन समिति’को विचार गोष्ठी कार्यक्रम हुने

Next Post

‘घर ज्वाँई’ को ट्रेलरमा रिलिज, मगर समुदायको परम्परा र संस्कृतिलाई देखाउने प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist