आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’ले हरेक प्रदेशमा चलचित्र निर्माण,प्रबर्द्दन, सहकार्य बजारीकरण र सम्मान सहित बिचार गोस्ठी कार्यक्रम २०८१ गर्दै आएको छ । लुम्बिनी प्रदेशको बुटवलमा सफलता पुर्वक सम्पन्न गरेको कार्यक्रम अब कोशी प्रदेशको इटहरीमा हुने भएको छ । पछील्लो समाया आदीवासी जनजातीहरुले आफ्नो जातिय र साँस्कृतिक झल्काउने चलचित्र निर्माण गर्ने र प्रदर्शन गर्ने हब नै बन्दै गएको कोशी प्रदेशमा यस्तो प्रकारको कार्यक्रम आबश्यक देखिएकोले पनि आयोजना गर्न लागिएको आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजक ज्योतीराज राईले जानकारी दिए ।
नेपालकै सबैभन्दा धेरै जातिय चलचित्र निर्माण र प्रदर्शन हुने ठाउँ कोशी प्रदेशमा निर्माण भएको आदिवासी जनजाती मातृभाषी चलचित्र प्रबर्द्दन, बजारीकरणमा कसरी सहकार्य गर्ने दर्शकहरुले मागेको जस्तो चलचित्रहरु कसरी निर्माण गर्ने , अन्य नेपाली चलचित्रहरु सँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने बारेमा छलफल र अन्तर्कृया कार्यक्रम आयोजना गरिएको संयोजक राईले जानकारी दिए । साथै आदिवासी जनजाती मातृभाषी चलचित्र निर्माण गरेर देशलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रम पनि रखिएको राईको भनाइ छ ।आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को आयोजनामा हुने कार्यक्रमको सह- आयोजक आदिवासी जनजाती चलचित्र महासंघ कोशी प्रदेश र सहयोगी चलचित्र बिकास बोर्ड रहेको छ । कार्यक्रम यही असार २० गते बिहीवारका दिन इटहरी स्थित इटहरी पार्टी प्यालेशमा आयोजना हुने छ ।