कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन एण्ड बिलच्छ्यान क्रिएसनले आयोजना गरेको तथा चलचित्र विकास बोर्डको सह आयोजनामा भएको १२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा अभिनय मार्फत सर्वोत्कृस्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन् । सिनेमा “सरी मम” मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका छन । हलमा सामान्य ब्यवसाय गरेको सिनेमा हेर्ने दर्शकले प्रभातको अभिनयको भने तारिफ गरेका थिए । केही सिनेमा र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका प्रभातलाई सम्भावना बोकेका नायकको रुपमा लिने गरिएको छ । उनका हरेक काममा दर्शकले सकारात्मक प्रतिक्रिया दिने गरेको भए पनि निर्माता निर्देशकको नजरमा भने उनी नपरेका हुन कि भनेर चर्चा पनि सिनेबृतमा हुने गर्छ ।
समग्रमा उनको कामको सम्मान स्वरुप उनलाई जुरीले उत्कृष्ट अभिनयको लागि अवार्डमा चुनेका हुन् । यो छनौटले नाफको अवार्डको गरिमा समेत बढेको छ । अवार्ड ग्रहण गर्दै गर्दा प्रभातले भने, ‘म यो विशाल उद्योगमा सिक्ने र नवोदित छु । मलाई हाम्रा वरिष्ठ सिनेकर्मीहरुबाट उत्तम मार्गदर्शन र समर्थनको आवश्यकता छ। सिक्न र प्राप्त गर्न धेरै कुरा छन्, र म पुन: पुन: उत्कृष्ट प्रयास गर्नेछु।’महोत्सवमा दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिक, जिम्बाब्वे, क्यामरुन, मौरिसस गरी नौवटा देशका आठ अफ्रिकी चलचित्र प्रदर्शन गरिएको थियो । त्यसैगरी महोत्सवमा सात नेपाली तथा स्वदेशी फिचर फिल्म र नेपालका १० वटा सर्ट फिल्म पनि प्रदर्शन भए । नेपालका ७३ चलचित्र, डकुमेन्ट्री र सर्ट फिल्ममध्ये २० वटा निर्णायक टोलीले महोत्सवका लागि छनोट गरेका थिए । महोत्सवमा ‘सॉरी मम’, काडेतार, ‘गोर्खा वारीयर, ‘सनखत’, ‘आफ्नै कर्मा’, ‘लोजिमा’, ‘रीत’ लगायतका नेपाली तथा स्वदेशी चलचित्र प्रदर्शन भएका थिए ।