कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन एण्ड बिलच्छ्यान क्रिएसनले आयोजना गरेको तथा चलचित्र विकास बोर्डको सह आयोजनामा भएको १२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा ऐतिहासिक चलचित्र ‘गोर्खा वारीयर’ भिन्न तीन बिधामा तीन वटा अवार्ड हात पारेको छ । जुन २१ देखि २३ सम्म काठमाडौंको सिडिसी सिनेमाघरमा सम्पन्न फेस्टिवलमा गोर्खा वारीयर ले, सर्वोत्कृष्ट सिनेमा ‘गोर्खा वारीयर’, सर्वोत्कृष्ट निर्देशक मिलन चाम्स र सर्वोत्कृष्ट नायक रितेश चाम्स, सहित तीन बिधामा अवार्ड हात पारेको छ । फेस्टिवलमा नेपाल र अफ्रिकाका विभिन्न छनोटका चलचित्र, वृत्तचित्र र लघु चलचित्रहरू भएका थिए ।
महोत्सवमा दक्षिण अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिक, जिम्बाब्वे, क्यामरुन, मौरिसस गरी नौवटा देशका आठ अफ्रिकी चलचित्र प्रदर्शन गरिएको थियो । त्यसैगरी महोत्सवमा सात नेपाली तथा स्वदेशी फिचर फिल्म र नेपालका १० वटा सर्ट फिल्म पनि प्रदर्शन भए । नेपालका ७३ चलचित्र, डकुमेन्ट्री र सर्ट फिल्ममध्ये २० वटा निर्णायक टोलीले महोत्सवका लागि छनोट गरेका थिए । महोत्सवमा ‘सॉरी मम’, काडेतार, ‘गोर्खा वारीयर, ‘सनखत’, ‘आफ्नै कर्मा’, ‘लोजिमा’, ‘रीत’ लगायतका नेपाली तथा स्वदेशी चलचित्र प्रदर्शन भएका थिए । रिलिज अगाडी बिभिन्न रेकर्ड बनाउदै आएको ‘वारीयर’ ले युकेको लेस्टर स्क्वार सिटी आइम्याक्समा रेडकार्पेट, बाफ्टा फिल्म अवार्डमा सहभागी, ब्रिटिश प्रधानमन्त्रीद्वारा लिखित शुभकामना यि कुराहरुबाट दर्शक हरुको प्रतिक्षा बनेको ‘गोर्खा वारीयर’ ले नेपालमा ३ स्थानमा भव्य रेडकार्पेट गरेको थियो । चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘गोर्खा वारीयर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।