गत हप्ताबाट प्रदर्शनमा आएको चलचित्र गाउ आएको बाटो ले धरानमा एक छत्र राज गरेको छ । दैनिक ६ वटा शो पाएको फिल्मले सबै शो हरुमा हाउसफुल भैरहेको छ । शुक्रबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रबेश गरेसङै झनै दर्शकहरुको साथ पाइरहेको धरान स्थित फ्रेण्ड्स सिनेमाजका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए । फिल्मलाई लिएर सरदर अपेक्षा गरेपनी प्रदर्शनको पहिलो शो बाटनै हाउसफुल हुन थालएपछी शो थपेर प्रदर्शन गरेपछी सबै शोज हरु हाउसफुल भैरहेको घिमिरे बताउछन । आइतबारको को सबै ६ शो हरु हाउसफुल भएको छ । आइतबार बिहान ९:४५ बजे , दिउसो १२ बजे , २:१५ बजे ,४:३० बजे , ६:४५ बजे र राती ९ बजे राखिएको छ । यी सबै शोजहरु हाउसफुल छन ।
पुर्वी पहाडी जिल्ला भोजपुर खुकुरी संगै धेरै सुन्तला फल्ने जिल्ला भनेर पनि चिनिन्छ । यहाँका मानिसहरुको जीवन यापन सुन्तला बिक्री संगै यहाँका स्थानिय हस्तकला उत्पादन बासको चोया बाट बनेको डोको, नाङ्लो , चोया फिपी बुनेर चतरा हुँदै धरान बजार सम्म आएर बिक्री गर्छन् । यस्तै दैनिकीमा गुजारा चलाइरहेका स्थानियहरु, गाउ गाउमा बाटो पुगेर यातायात भित्रिएपछी फेरिएको जीवन शैलीको कथा पेस गर्ने ‘गाउ आएको बाटो’ लाई दर्शकहरुले खुब रुचाएका छन । विश्वका धेरै फिल्म महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको ‘गाउ आएको बाटो’ ले नेपाली दर्शकहरुकोपनी माया पाइरहेको छ । बासुरी फिल्मस प्रालीको ब्यानरमा निर्माण भएको ‘गाउ आएको बाटो’ ले आफ्नो गाउँमा मोटर बाटो खुलेपछि बाबु र छोराबीचको सम्बन्धमा द्वन्द्व कसरी प्रवेश गर्छ भन्ने चित्रण गरिएको छ। आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।
फिल्मको शीर्षकले एउटा सडकलाई जनाउँछ जुन अन्ततः उनीहरूको गाउँमा बनाइएको थियो, जुन गाउँका मानिसहरूले आशिष्को रूपमा हेर्छन्। हामी उनीहरूलाई उनीहरूको क्षेत्रमा आइपुगेको पहिलो बसलाई आशीर्वाद दिइरहेको देख्छौं, साथै उनीहरूले कहिल्यै थाहा नभएका सुविधाहरू अनुभव गर्न पाउँदा उनीहरूको उत्साह। सोडा, टेलिभिजन, र हिप-हप संगीतको लागि आकर्षण नयाँ सामान्यको अंश बन्छ, स्पष्ट रूपमा गाउँको शान्तिलाई असर गर्छ। टिजर हेर्दा गाउको परिवर्तनको बीचमा प्रगति, परम्परा, र अदम्य भावनाका विषयवस्तुहरूलाई सम्बोधन गर्दै; “गाउँको बाटो” मानव अवस्थाको दार्शनिक अनुसन्धान हो भन्न् सकिन्छ ।