Saturday, December 13, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रतिक्षित चलचित्र ‘सतिदेवी’को टिजर रिलिज, मलिकाको उत्कृष्ट अभिनय

बर्ष २०८१ को प्रतिक्षित फिल्महरुको लिस्टमा परेको नेपाली कथानक चलचित्र 'सतिदेवी' को टिजर रिलिज भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ २५ गते १८:४१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रतिक्षित चलचित्र ‘सतिदेवी’को टिजर रिलिज, मलिकाको उत्कृष्ट अभिनय
43
SHARES
Share on FacebookShare on Twitter

बर्ष २०८१ को प्रतिक्षित फिल्महरुको लिस्टमा परेको नेपाली कथानक चलचित्र ‘सतिदेवी’ को टिजर रिलिज भएको छ । चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको ‘सतिदेवी’ को टिजरमा महतको उत्कृष्ट काम देखिएको छ । पोस्टर रिलिज भएदेखिनै चर्चामा रहेको सतिदेवीको दोस्रो पोस्टर सार्वजनिक भएपछी दर्शकहरुमा झनै खुल्दुली जगाइरहेको थियो भने टिजरले झनै उत्क्सुकता जगाएको छ । अहिले सम्म नेपाली समाजमा जिवितै रहेको छोरा हुनै पर्ने प्रचलन र छोरी छोरी हुँदा एक आमाले अनी जन्मिएका छोरीहरुले भोग्नु परेको पिडालाई निर्देशक तथा लेखक लक्ष्मण सुवेदीले फिल्ममा गज्जवले प्रस्तुत गरेको टिजर हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । छोरी लाई हेला गरेको र कालन्तरमा त्यही छोरी बुवाको साहारा बन्दाको कथा लाई निर्देशक सुवेदीले पर्दामा खुबै मजाले प्रस्तुत गरेको देखिन्छ । रिलिज टिजरमा छोरीमाथी गरिएको भेदभावलाई उठान गरिएको छ भने आफ्नो परिवार बिशेषगरी बुवाको खुशीको लागी संर्घषरत छोरी मलिकालाई घाटीमा जुत्ताको माला,अनुहारमा कालो मोसो दलिएको छ, यसले, आम दर्शकहरुलाई चकित बनाएको छ अझ भनौ फिल्मको प्रतिक्षा जगाएको छ ।

चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ । चलचित्र हाम्रो नेपाली समाजमा बिद्यमान यथार्थसँग सतप्रतिशत सन्नीकट रहेको छ । कुनै धर्म,जाती,सम्प्रदाय,परम्परा,कालखण्ड तथा ब्यक्तिसँग यसको कुनै प्रकारको सम्बन्ध छैन । यो चलचित्र बिसुद्द मौलिक नेपाली समाज,जनजीवन,परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा हो । कथा मात्रै होइन यो आम ब्यथा समेत रहेको भनी पोस्ट गरेकाछन । बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण रहेको उनको दावी छ । चलचित्र यही श्रावण ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ADVERTISEMENT
Previous Post

गाउँ आएको बाटो को प्रिमियरमा नेता, साहित्यकारदेखि सिनेमाकर्मी

Next Post

‘गाउ आएको बाटो’ का सम्पूर्ण टिम पुर्व आउने, मंगलबार धरानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist