‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नाराका साथ , आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजना गर्ने ‘कोशी चलचित्र महोत्सव -२०८१’ यही जेठ ६ गतेबाट सुरु भएर ११ गते सम्म चल्ने चलचित्र महोत्सव -२०८१ को अवसरमा दुई दर्जन चलचित्रकर्मीहरु सम्मानित भएका छन । दीर्घ साधना सम्मानबाट लक्ष्मी नाथ शर्मा, साथै कोशी प्रदेशलाई फिल्म क्षेत्रमा विशेष योगदान पुर्याउने शिव श्रेष्ठ , मोहन निरौला, रविन्द्र खड्का, नविन सुब्बा, छविराज ओझा, रमेश बुढाथोकी , सुचित्रा श्रेष्ठलाई विशेष सम्मान सहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रादेशिक सम्मानबाट चलचित्र पत्रकार संघ नेपाल मोरङ शाखाका अध्यक्ष सिने पत्रकार प्रेम देवान, गायक सुमित खड्का, श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, फिल्मी क्षेत्रमा आवद्ध केशव रायमाझी, कुबेर शर्मा, चिरन्जीवी बस्नेत, सबुरलाल चौधरी, लाखमान योन्जन, विपिन प्रसाई, सुवास मेचेलाई सम्मान गरिएको थियो । सम्मानित हुने सबैेलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीले सम्मान गरेका थिए ।
शुक्रवार बिराटनगर स्थित सिटी प्यालेशमा एक भव्य कार्यक्रम आयोजना गरी समापन गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले जेठ ६ गते बिर्तामोडमा उदघाटन गर्नु भएको कार्यक्रमको छैठौ दिन अर्थात जेठ ११ गते समापन भएको हो । उक्त्त अवधीवर धेरै कार्यक्रम तथा कार्यशाला हरु आयोजना भएका थिए । कोशी प्रदेशमा निर्माण भएको तथा कोशी प्रदेशका चलचित्रकर्मी हरुले निर्माण तथा अभिनय गरेको छोटा तथा लामा चलचित्रहरु गरी ४४ वटा चलचित्रहरु प्रदर्शन भएको महोत्सव व्यवस्थापक चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदस्यले ६ दिने चलचित्र महोत्सव जेठ ११ गते समापन भएको हो ।
‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । आयोजित महोत्सवमा ४ दर्जन बढी लघु , बृत्त, फिचर फिल्महरु पुर्वका विभिन्न हलहरुमा निशुल्क प्रदर्शन गरिएको प्रधानले जानकारी दिए । यस अघि चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सिने पर्यटन क्षेत्र सम्बन्धी विविध अन्तक्रिया लगायतका कार्यक्रमहरु भएका थिए ।