दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित माथिल्लो मुस्ताङमा पहिलोपटक छायांकन गरिएको ऐतिहासिक एक्शनले भरिपूर्ण पिरियड-ड्रामा चलचित्र प्रेम गीत – ३ निर्माण निर्देशन गरेका निर्माता तथा निर्देशक सन्तोष सेन ले फेरी अर्को पिरियड-ड्रामा जनराको चलचित्र निर्माण निर्देशन् गर्ने भएका छन । यस अघीका सफल चलचित्रहरु प्रेम गीत , प्रेम गीत – २ र पिरियड-ड्रामा चलचित्र प्रेम गीत – ३ मा चर्चित नायक प्रदीप खडका थिए भने अब निर्माणको लागी योजना बनाएको पिरियड-ड्रामा चलचित्रमा अर्का स्टार अनमोल केसी सँग सहकार्य गर्ने भएका छन । केही समय अघी अनमोल सँग भेटघाट गरेपछी सामाजिक सन्जालमा तस्वीर सेनले पोस्ट गरेपछी धेरैले अनमोल सँग सिनेमा गर्ने आकलन गरेका थिए । सोही आकलन अहिले सहि सावित भएको छ । अन्तत उनले अनमोल सँग मिलेर चलचित्र निर्माण गर्ने भएका हुन । सेनले निर्माण तथा निर्देशन गर्न लागेको पिरियड ड्रामा फिल्मका लागि अभिनेता अनमोल केसी कास्ट हुने लगभग टुंगो लागेको छ ।अर्को वर्षदेखि प्रोजेक्ट गर्ने कुरा योजना भएको लगभग पुष्टि भएको छ ।
हाललाई ‘लिखित सहमति र अनुबन्धन केही नभए पनि आगामी एउटा पिरियड ड्रामा सहकार्य गर्नेबारे हाम्रो घनिघुत छलफल पछी भद्र सहमति जुटेको छ,’ सेनले भने, ‘अनमोलजी हामीसँग काम गर्न पहिल्यैदेखि इच्छुक हुनुहुन्थ्यो, अब असारबाट छायांकन सुरुहुने बलिदानपछि अनमोल सँगको प्रोजेक्टमा लाग्ने सेनको भनाइ छ । अनमोलले पनि सन्तोषजस्ता राम्रा मेकरसँग काम गर्ने इच्छा भएको बताउँदै अर्को वर्षदेखि काम थाल्ने कुरा भएको सुनाए । निर्माण घोषणा नभएपनी, बन्ने योजना भएको फिल्मले नेपाल र तिब्बतबीच १८५५ देखि १८५६ सम्म चलेको युद्धको कथा भन्ने र उक्त युद्धमा एक नेपाली सिपाहीले गरेको संघर्षको कथा भन्ने सेनको भनाइ छ ।