चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहेको ड्रीम प्रोजेक्ट चलचित्र ‘बलिदान’ को छायांकनमा कोशी प्रदेशको बिभिन्न स्थानमा हुने सम्भावना रहेको छ । निर्देशक सेन सहित निर्माण बिहीवार इटहरी आएर इटहरीमा निर्माण हुँदै गरेको बिएमसी छायाङ्कन स्टुडियोमा भ्रमण गरेकाछन । सेनका अनुसार स्टुडियोमा भव्य सेट तयार भइरहेको छ। सो स्टुडियोको उद्घाटन नै बलिदानबाटहुने सेनको भनाइ छ। टिमले कोशी प्रदेशको चारकोशी जङगल र तराइका गाउहरुमा मधेस प्रदेशका केही स्थानहरुमा भ्रमण गरेको छ । लगत्तै टिम पुर्वको चर्चित धार्मिक स्थल ताप्लेजुङको पाथीभरा गएर बलिदान लेखेको पोस्टर राखेर ‘पाथिभारा माताले हामी सबैको रक्षा गरुन…।॥॥॥’ भन्दै आफ्नो फेसबुकमा पोस्ट गरेकाछन । सम्भव भए र हामीले खोजेको जस्तो घना जङगल हरु पुर्वमा भेटिए यही शुटिङ गर्नेछौ नत्र भने मधेस प्रदेशको विरगन्ज जाने सेनले भने ।
आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा डेव्यु अभिनेता समिर भट्ट अनुबन्ध भैसकेकाछन । समिर चर्चित नायक बिराज भट्टका छोरा हुन । सिनेमा आउने बर्ष २०८१ को दसैंमा विश्वव्यापी रिलिज गर्ने तयारी रहेको छ ।