चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहेको ड्रीम प्रोजेक्ट चलचित्र ‘बलिदान’ को मुख्य नायिकामा ऋचा शर्मा अनुबन्धित भएकिछिन । गत दशैंको फूलपातीमा टिजर रिलिज गरिएसँगै चर्चामा रहेको बलिदानमा मुख्य अभिनेताको रुपमा समिर भट्ट अनुबन्ध भाईसकेकाछन । समिर चर्चित नायक बिराज भट्टका छोरा हुन । समिर संगै सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । बाँकी कलाकार छनोट गर्ने प्रक्रियामा निर्माण टिम लागि रहेको छ ।देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर रहेर फिल्म निर्माण हुनेछ । फिल्मले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन बाध्य पार्नेको पहिचान गर्ने बताए ।
यसैक्रममा टिमको गीत संगीत को पाटोलाई पनि बिशेष ध्यान दिदै पछील्लो समय फरक शैली र सुपरहीट गीत दिएका सुजन चापागाइले फिल्मको संगीतको पाटो सम्हाल्ने जिम्मा पाएकाछन । सिनेमाको गीत तथा ब्याकग्राउन्ड म्यूजिकमा सुजनसहितको टिमले काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन् भने सुजनको स्वर, संगीत र ब्याकग्राउन्ड म्यूजिक रहनेछ । नवीनले टिम व्यवस्थापन गर्नेछन् । सुजन को टीमलाई संगीतको जिम्मा दिएपछी फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्न केही दिन छलफल गरिने निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।आसुसेन फिल्म्स प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन ।