Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘महाजात्रा’ हेर्नकै लागी सुत्दैनन काठमाण्डौका दर्शकहरु मध्यरात सम्मै हलमा

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र महाजात्रा यतिबेला दोस्रो हप्तामा देशभरका सिनेमाहलहरुमा हाउसफुलका साथ प्रदर्शन भैरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र २२ गते १६:५५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘महाजात्रा’ हेर्नकै लागी सुत्दैनन काठमाण्डौका दर्शकहरु मध्यरात सम्मै हलमा
45
SHARES
Share on FacebookShare on Twitter

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र महाजात्रा यतिबेला दोस्रो हप्तामा देशभरका सिनेमाहलहरुमा हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । जात्रा, जात्रै जात्रा को तेस्रो सिक्वेल ‘महाजात्रा’ निर्माण घोषणा गरेदेखिनै प्रतिक्षित बनिरहेको थियो । फिल्मको पोस्टरले दर्शकहरुमा कौतुहलता जगायो, टिजर आयो झनै दर्शकहरुलाई हल सम्म जान आतुर बनायो , गीत ट्रेलरले त झनै दर्शकहरुको दिनगन्ती सुरुभयो सिनेमा हेर्नको लागी । यही प्रतिक्षित चलचित्र देश बिदेश एकसाथ प्रदर्शनमा आएदेखी सम्पूर्ण सिनेमाहलहरुमा हाउसफुलका साथ चलिरहेकोछ किनकी सबै उमेर समुहका फिल्मका दर्शक हरु ग्वार ग्वार्ती सिनेमाहलहरुमा धाइरहेकाछन । सर्वसाधारण दर्शकहरुमात्र हैन सिनेमा हेर्न पुर्वप्रधानमन्त्री हरु मन्त्रीहरु उच्च ओहोदाका व्यक्तित्वहरु सिनेमाहल गैरहेकाछन । फिल्म हेरिसकेका दर्शकले सिफारिस गरेपछि यतिबेला दर्शक हलमा भरिभराउ छन् । नयाँ दर्शकसँगै परिवार नै हलमा देखिएका छन् । विश्वभर आक्रामक व्यापार गरिरहेको फिल्म हेर्ने दर्शकको सङ्ख्या बढेपछि मध्यरातसम्म प्रदर्शन भएको छ । बुधवार चाबहिलमा रहेको एफक्यु सिनेमाजमा दर्शकको अत्यधिक चाँप बढेपछि १०ः३० बजेको शो थपियो । उक्त शो सकिदा १ः३० बजेको थियो । यस्तै, ९ बजेसम्मको शो अधिकाँस मल्टिप्लेक्समा रहेको छ भने जमलमा रहेको विश्वज्योति सिनेपल्केसमा पनि बुधवार ९ः३० बजेको शो राखियो ।

यहि शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गर्दापनि हलमा दर्शकको भिड दिनानुदिन बढ्दो छ । राति अबेरसम्म दर्शक हलमा भएपछि हर्षित देखिका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले हल पुगेर भेटेका थिए । उनले दर्शकले देखाएको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘हाम्रो फिल्मलाई माया गरेर राति अबेरसम्म दर्शक हलमा देख्दा निकै खुसी लागेको छ । थप खुसी उहाँहरू फिल्म हेरेर निस्किदै गर्दा दिने प्रतिक्रियाले दिन्छ । उहाँहरूले हामीलाई भेटेर आशिर्वाद दिनुभएको छ, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिनुभएको छ’, अभिनेता बानियाँले भने ।उनले विद्यार्थीको विभिन्न तहको परिक्षा सकिदै गर्दा दर्शक चाँप झनै बढिरहेको बताए । सामाजिक सञ्जाल र हलमा भेटिने दर्शकहरू समूहमा आइरहेको उनले बताए । ‘हामी समय मिलाएर अधिकाँस हलमा पुगेर दर्शकलाई धन्यवाद दिएर प्रतिक्रिया लिईरहेका छौँ । दोस्रो साता पुरा हुँदै गर्दा पनि हाउसफुल हुनु दर्शकको अपार माया हो’, उनले भने । एफक्युबमा रहेका दर्शकले दिउँसोको समयमा टिकेट नपाइएको र अफिसियल काममा बिजी भएकाले रात्रीकालिन शो हेर्न आएको बताए । उनीहरू साथी तथा परिवारसँग फिल्म हेर्न आइपुगेका थिए । उपस्थित दर्शकको प्रतिक्रियालाई निर्माण समूहले आफ्नो आधिकारी सामाजिक सञ्जालमार्फत प्रशारण गरेको छ ।

ADVERTISEMENT

अभिनेता बानियाँले नेपाली फिल्मलाई मध्यरातका शो दिएमा दर्शक आउने प्रमाणित भएको बताए । ‘दिउँसो त हलमा दर्शकहरु भेटेकै हो । तर यसरी मध्यरातमा दर्शक भेटेको पहिलो अनुभव हो । हाम्रो लागि यो एउटा इतिहास जस्तै बनेको छ । रातिको २ बजे हलमा दर्शकहरूसँग बाँड्नु हाम्रो समूहका लागि ठूलो सफलता हो’, अभिनेता बानियाँले भने । शुक्रबारदेखि प्रदर्शनको दोस्रो साता पुरा गरेर तेस्रो सातामा लाग्दै गर्दा फिल्मको उल्लेख्य शो रहेको छ । दर्शकको चाँप बढेकै कारण प्रदर्शकले विकेन्डमा फिल्मलाई राम्रो शो दिएका छन् । नेपाल मात्र नभई फिल्मले विदेशमा पनि उस्तै दर्शक पाएको छ ।नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० बढी शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा १५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ । यी सबै शो सोल्ड आउट भएका थिए । अझै माग अनुसार थपिने शोले अहिलेसम्म विदेशमा बनेको रेकर्ड तोडेको छ ।

मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ ।फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Previous Post

प्रहरीलाई सरुवा गर्ने धम्की दिएपछि राजेश पायल राई पक्राउ

Next Post

सन्तोष सेनको ड्रीम प्रोजेक्ट ‘बलिदान’ मा ऋचा शर्मा, समिरको जोडीको रूपमा देखिन सक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist