बर्ष २०८१ को बहुप्रतिक्षित चलचित्र ‘‘डिग्री माइला’ को दोस्रो गीत किन रिलिज भएको छ । यही चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको ‘डिग्री माइला’ नेपालमा मात्र हैन बिदेशका केही राष्ट्रहरुमा पनि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको संघारमा रहेको ‘डिग्री माइला’ को पहिलो गीत सुस्तरीलाई दर्शकले पनि अत्यधिक रुचाएका छन । ट्रेलर भने एक नम्बर ट्रेण्डिङमै रहेकोछ । दयाहाङ राइ स्टार ‘डिग्री माइला’ नयाँ बर्ष २०८१ को सुरुवात मै नेपाली चलचित्र बजारमा सुखद सुरुवात हुनेमा ढुक्क छन निर्माण टीम । पहिलो गीत सुस्त सुस्तमा नायिका आचल शर्मा दयामा फिदा भएको दयाको पछी पछी लागेको देखाइएको थियो । शब्द, संगीत र स्वर हेमन्त राणाको रहेको आज रिलिज भएको गीतमा गाउघरमा पूजा को प्रशाद बाढ्न हिंडेकी आचलको पछी पछी लागेर दयाले दिक्क लगाएको देखिन्छ । गीतले हरेक अवस्थामा किन किन भन्ने प्रश्न गरेको छ् भने हरेक प्रश्नको उत्तर खोज्न दया आचलको पछी लागेकाछन । डिग्री माइला नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात् अप्रिल १२ देखि नै रिलिज हुने निर्माण टिमले जनाएको छ । अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै सिनेमा सोही मितिमा रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ । सिनेमालाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ ।निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमा अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ।
बासुरी फिल्मसले यो पटक पुर्वको एक गाउको कथालाई अझ भनु गाउको एक माइला जस्ले डीग्री पास गरेका छन उनैको कथालाई फिल्म ‘डीग्री माइला’मा उतारेको छ । दयाहाङ राई चलचित्रका मुख्य पात्र हुन । उनी डिग्री पास गरेर गाउ छिरेपछीको कथालाई फिल्ममा उतारिएको कुरा आज रिलिज भएको ट्रेलरले स्पस्ट पारेको छ । ओखलढुङगाकै एक +२ कलेज स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षकको अभाव हुँदा बिधार्थीहरु परिक्षा लेख्न बन्चित हुने अवस्थामा पुगेको बेला +२ क्याम्पस जोगाउन अंग्रेजी बिषय पढाउने शिक्षक खोजिरहेको बेला गाउमा दयाको इन्ट्री हुँदा आउन उतार चढावलाई फिल्मले गज्जबले प्र्स्तुत गर्ने अनुमान लगाउन सकिन्छ । ट्रेलरमा एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । तर दयाले गाउले हरुको अपेक्षा सपनालाई उपेक्षा गरेको ट्रेलरमा स्पस्ट देखाइएको छ ।नेपाली चलचित्र निर्माण गर्ने चर्चित व्यानर बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिग्री माइला’ थर्ड क्लास’ रामबाबु गुरुङले निर्देशन गरेकाछन । २०७१ सालमा मण्डला थिएटर साथै धरानमा तीनपटकसम्म मञ्चन भएको अभिनेता दयाहाङ राईले निर्देशन गरेका नाटक ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण भएको हो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।