भुटानी-नेपाली फिचर फिल्म ‘सम्हालिएको जाती’ को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । फिल्मका लेखक तथा निर्देशक पाष्टर सन्तोष रामदामले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत फिल्मको आधिकारिक पोस्टर भन्दै सार्वजनिक गर्नु भएको हो । सार्वजनिक भएको दुई भिन्न पोस्टरमा फिल्मका मुख्य कलाकारहरु लाई अटाइएको छ । पहिलो पोस्टर अङ्ग्रेजीमा लेखिएको छ,जहा शरणार्थी क्याम र अमेरिकाको झण्डा सहितको संसद भवन र फिल्मका मुख्य कलाकार र निर्देशक रामदाम देखिनुभएको छ । दोस्रो पोस्टरमा भने नेपाली अक्षरमा लेखिएको दोस्रो पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई अटाउन खोजिएको छ । दोस्रो पोस्टरमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बुद्दी तमाङ र अन्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । पोस्टरमा एक दुइजना बाहेक सबै कलाकारहरु कोही हसिलो र कोही पिडादायक मुद्रामा देखिन्छन ।
रामदामले यसअघी ८ बर्ष अघी नेपालीभाषी भुटानीहरु भुटानबाट कसरी लखेटिए अनी नेपालमा शरण लिएपछी कसरी विश्वका बिकसित राष्ट्रहरुमा पुगे भन्ने कथालाई गीतमा प्रस्तुत गर्नु भएको थियो । जोडीएको सम्बन्ध बोलको गीतले इसाइहरुको मात्र हैन सारा गैर इसाइ हरुको पनि मन जितेको थियो त्यसै कारण करोडौ भ्युज पाएको थियो । ९ मिनेट २१ सेकेण्डको गीतमा भुटान नेपाल हुँदै अमेरिका क्यानाडा अस्ट्रेलिया सम्मको यात्रालाई गज्जबले प्रस्तुत गरिएको थियो । सोही गीतको एक वाक्य सम्हालिएको जाती नामलाई यतिबेला सन्तोष रामदामले फिल्म निर्माण गर्नु भएको छ । फिल्मको शिर्षगीत यसअघी रिलिज भैसकेको छ । रिलिज भएको शिर्षगीतमा शब्द संगीत निर्देशक रामदामकै छ भने स्वर सन्तोष तिर्वाको रहेको छ। रिलिज भएको गीतको भिडियोमा कुनै कलाकार समाबेश थिएनन । गीतमा प्रस्तुत भएका डान्सर, देखी लिएर सबै कलाकार नभएर सम्पूर्ण नेपालीभाषी भुटानीहरु रहेको निर्देशक रामदामले जानकारी दिनु भयो ।
एसजे प्रोडक्सनको ब्यानरमा निर्माण, सन्तोष रामदामको लेखन निर्देशन रहेको फिल्मलाई सुवास विश्व ,संजय गुरुङ, गोबेर बिश्व, युसुफ शर्मा, राज दास ,रोहित सिन्चुरी ,भिम टिका गुरुङ , डेविड लाम्गादे,सुरेश तमाङ,र रमेश आलेले संयुक्त्त रुपमा निर्माण गर्नुभएको छ । पोस्टर रिलिज गर्दै निर्देशक रामदामले “हामी आगामी ऐतिहासिक चलचित्र ‘सम्हालिएको जाती” को आधिकारिक पोस्टर सार्वजनिक गर्न पाउँदा उत्साहित भएको लेख्नु भएको छ । निर्देशक रामदामले चलचित्र यही जुन महिनामा रिलिज गरिने घोषणा समेत गर्नुभएको छ । फिल्म कहाँ कहाँ कसरी प्रदर्शन गर्ने भन्ने बारेमा अगामी दिनहरुमा थप अपडेटहरू गर्दै जाने पनी उहाले बताउनु भएको छ । उहाले भुटानी-नेपाली फिचर फिल्मको हाम्रो सबैभन्दा ठूलो कथाको अविस्मरणीय अनुभवको लागि तयार रहन सम्पूर्ण दर्शकहरुलाई आग्रह समेत गर्नु भएको छ । नेपालका पहाडी क्षेत्र र अमेरिकामा छायांकन भएको फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम कोशी भिजन इटहरी र अमेरिकामा भैरहेको छ ।