Thursday, July 17, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार , १० करोड ग्रस कलेक्सन

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र २० गते १६:०९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार , १० करोड ग्रस कलेक्सन
44
SHARES
Share on FacebookShare on Twitter

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ । पहिलो सातामा नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको फिल्म हेर्न दोस्रो सातामा पनि दर्शकको भिड कम भएको छैन । नेपाल झैँ विदेशमा पनि दर्शकको उस्तै प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मले व्यावसायिक रुपमा पनि इतिहास बनाउदैछ ।अष्ट्रेलिया, अमेरिका झैँ फिल्मले मध्यपूर्वका देशमा पनि आक्रामक व्यापार गरिरहेको छ । गत चैत १५ (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा छ । अर्थात् फिल्म नेपाल झैँ प्रचारप्रसार गरेर नियमित शो (बक्सअफिस) मा लगाईएको छ । मध्यपूर्वका देशहरूमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनिश सिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै ‘महाजात्रा’ ले नयाँ इतिहास बनाउने बताए ।

मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको बताए । ‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशहरूमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ । यो किसिमको रिलिज र फिल्ममा दर्शकको उपस्थिति संवत पहिलोपटक भएको हो’, वितरक ठकुरीले भने,‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन् । हेरेकाले नै अन्यलाई हेर्न सिफारिस गरेपछि अहिले मध्यपूर्वमा महाजात्राले अघिल्ला फिल्मको व्यावसायिक सबै रेकर्ड तोड्दै इतिहास बनाउदै छ ।’साथीभाई इन्टरटेनमेन्ट्सका हरी मोक्तानको बजार व्यवस्थापन र हर्क पोडकास्टको सहयोगमा नेपाली फिल्मको बजारलाई मध्यपूर्वका देशहरूमा थप बलियो बनाइरहेको वितरक ठकुरीले बताए । उनले हालसम्म मध्यपूर्वमा ५ हजार र मलेसियामा पन्ध्रसय दर्शकले फिल्म हेरिसकेको जानकारी दिए । उनका अनुसार सुरुआती चरणमा भएको शो र त्यसमा दर्शकले दिनुभएको प्रतिक्रियाले आगामी दिनमा भव्य व्यापार हुने तय छ ।


‘पहिलो चरणमा नै देखिएको दर्शकको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ । दोस्रो चरणमा हामीले इतिहास बनाउने छौँ’, वितरक ठकुरीले भने । उनले फिल्म हेर्न दर्शकको चाँप हलमा बढेपछि प्रदर्शन भइरहेको भक्स सिनेमाजले नेपाली फिल्मलाई हेर्ने नजरियामा नै फरक परिरहेको बताएका छन् ।‘यहाँ वर्षेनी धेरै फिल्म प्रदर्शनमा आउँछन्, तर दर्शकले रुचाएको फिल्म सिमित छन् । यही वर्ष पनि केही फिल्म प्रदर्शन त भए तर दर्शक आएनन्, सोही कारण महाजात्रा बारे पनि प्रदर्शक विश्वस्त थिएनन् । तर, अहिले हलमा दर्शकको उपस्थिति देखेपछि आउँदो समयमा नेपाली फिल्मलाई धेरै सजिलो हुन्छ’, वितरक ठकुरीले भने ।उनले विगत दशकदेखि आफूसहितको समूहले नेपाली फिल्मको प्रचार र बजार विस्तारमा गरिरहेको मेहनतको परिणाम प्राप्त हुने थालेको बताए ।

उनका अनुसार मलेसियामा अप्रिल ५ देखि नियमित प्रदर्शन तथा साउदी अरेबिया र कुवेतमा भने अप्रिल १८ सम्ममा प्रदर्शन हुने छ । फिल्मको भारत बाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्व झैँ अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, जापान लगायतका देशमा आयोजित अधिकाँस शो ‘सोल्ड आउट’ भएको जनाएको छ । साथै, संयुक्तराज्य अमेरिका र बेलायतमा मध्यपूर्व झैँ नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

 

Previous Post

बीपी प्रतिष्ठान धरानको प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने

Next Post

‘डिग्री माइला’ बिदेशमा पनि चैत्र ३० गते नै रिलिज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist