यही चैत्र २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बद्री बहादुर’ मिस्टर संखुवासभा को अर्को गीत ‘मेरो जिवनको’ रिलिज भएको छ । रिलिज भएको गीतमा मुख्य कलाकारहरु जय किशन बस्नेत , छुल्ठिम गुरुङ , राजीवजंग बस्नेत र एलिना गुरुङ रोमान्टीक मुडमा देखिएका छन । कोशी प्रदेशको सप्तकोशी ईलाम, संखुवासभा लगायतको बिभिन्न मनोरम स्थानहरुमा छायांकन गरिएको गीतलाई उजन नेम्बाङले स्वर, शब्द र संगीत दिएका छन । कमेडी फ्लेवरमा तयार पारिएको सिनेमाको बिशेष प्रदर्शन यस अघी अस्ट्रेलिया र धरानमा भैसकेको छ ।
सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् ।सिनेमामा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । सिनेमाको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छन् । उनीहरु यही गीतमा मात्र देखिनेछन् ।सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमाको काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।