Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

याक्थुङ चलचित्रकर्मी संघले आयोजना गरेको ७ दिने कार्यशाला सम्पन्न

याक्थुङ चलचित्रकर्मी संघ नेपाल केन्द्रिय कार्यलय धरानले आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र १७ गते १८:४८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
याक्थुङ चलचित्रकर्मी संघले आयोजना गरेको ७ दिने कार्यशाला सम्पन्न
78
SHARES
Share on FacebookShare on Twitter

याक्थुङ चलचित्रकर्मी संघ नेपाल केन्द्रिय कार्यलय धरानले आयोजना गरेको एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । गत चैत्र ११ गतेबाट सुरु भएको एकहप्ते कार्यशाला धरान १५ बगरकोट स्थित मेन्याङ्वो कल्याणकारीको सभाहलमा चैत्र १७ गते शनिबार सम्पन्न भएको छ । कार्यशालामा ३५ जना प्रशिक्षार्थीहरु सहभागी थिए । कार्यशालालाई मुन्धुमविद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार तथा निर्देशक प्रेम सुब्बा, अनाम रङ मन्च धरानका अध्यक्ष निर्देशक बिजय सुब्बा तथा कलाकार तथा निर्माता यक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले सहजीकरण गरेका थिए । एक हप्ते कार्यशालामा चलचित्र निर्माण, अभिनय ,स्क्रिप्ट लेखन , क्यामेरा चलाऊने चलचित्र निर्देशन , सम्पादन लगायत कुराको आधारभुत ज्ञानहरु प्रदान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय सचिव उदय कुरुम्बाङले जानकारी दिए ।


कार्यशालालाई एक हप्ता सम्म चारजना प्रशिक्षकले बिभिन्न बिषय छुटाएर सहजीकरण गरेका थिए । कार्यशालामा नव कलाकारहरु देखी लिएर दुई तीन दशकदेखी चलचित्र क्षेत्रमा लागेका कलाकारहरुपनी सिक्नका लागी कक्षामा बसेको सचिव कुरुम्बाङले बताए । कार्यशालाको अन्तिम दिन १७ गते एक औपचारिक कार्यक्रम गरी समापन गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष नरेश इवारम थिए । कार्यक्रममा कार्यशालामा सहभागी रहेका १५ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथी बिशेष अतिथीहरुको हातबाट प्रदान गरियो । कार्यक्रममा बोल्दाइ प्रमुख अतिथी वडा अध्यक्ष नरेश इवारमले धरानमा केन्द्रिय कार्यलय भएको याक्थुङ चलचित्रकर्मी संघले चलचित्र सम्बन्धि गतिविधि हाम्रो धरान अझ आफ्नै वडामा गरिरहेको ले निकै खुशी लागेको बताए । कला समाजको ऐना भएकोले चलचित्रसम्बन्धी गतिविधी हुनु राम्रो कुरा भएको सुनाए । उनले अगामी दिनहरुमा याक्थुङ चलचित्रकर्मी संघलाई सहयोग गर्ने प्रतिवद्द्त्ता जनाए । उनले वडामा अगामी आर्थिक बर्षमा संघले प्रस्तवना पत्र लिएर आउन आग्रह समेत गरे ।

ADVERTISEMENT

कार्यक्रमका सभापती तथा याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नबिन मेन्याङबोले याक्थुङ चलचित्रकर्मी ले दुइ बर्ष भित्र लगभग दर्जन बढी कार्यक्रम हरु सम्पन्न गरेको बताए । उनले अग्रजलाइ सम्मान र नव आगन्तुकलाइ प्रोत्साहन गर्नपर्छ भन्ने उद्देश्य साथ संघ निरन्तर लागी परेको बताए । उनले याक्थुङ चलचित्रकर्मी को मात्र नभएर अन्य चलचित्रकर्मीहरुलाइ पनि सहयोग गर्दै आएको सुनाए । हामीले धेरै सपना देखेका छौ, योजना धेरै छ, समस्या हरु हुदाहुदै पनि सामना गरेर अगाडी बढ्ने छौ, हामी आन्दोलनमा छौ, नेपाली चलचित्र उधोग कुन गतीमा हिडेको छ कसरी चल्न पर्छ भन्ने खोजिको आन्दोलनमा छौ ,बिश्व बजारमा नेपाली चलचित्र हेर्ने सक्ने बनाउन निर्माण गर्नुपर्छ, नेपाली स्वाद भएको फिल्म बनाउन पर्छ , आफ्नै गाउ घर , आफ्नै कथा बिश्व चलचित्र बजारमा भर्जिन हुन सक्ने मेन्याङबो को दावी छ । मेन्याङ्बोका अनुसार हाल संघमा १५० भन्दा ज्यादा कृयाशिल सदसहरु रहेका छन । कार्यकक्रममा पुर्व सांसद जयकुमार राइ, एमाले नेता मुरारी सुवेदी, नारायण सुवेदी, कलाकार रितेश जङ खत्री, किशोर सम्बाहाम्फे लगायतको उपस्थित रहेको थियो ।

Previous Post

शिक्षा निकेतन मावि धरानमा सिभिल इन्जिनियरिङ पढाई हुने

Next Post

‘खजुरे ब्रो’ को पहिलो गीत रिलिज, रेयर राई खजुरेकै गेट अपमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist