Wednesday, February 18, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘महाजात्रा’ हाम्रो लागी महापर्व सरह हुनेछ – पुर्वका सिनेमाहल संचालकहरु

चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'महाजात्रा' लाई लिएर कोशी प्रदेशका सिनेमा हल संचालकहरु निकै उत्साहित छन ।

हंगामा खबर by हंगामा खबर
२०८० चैत्र ८ गते १७:३७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘महाजात्रा’ हाम्रो लागी महापर्व सरह हुनेछ – पुर्वका सिनेमाहल संचालकहरु
62
SHARES
Share on FacebookShare on Twitter

चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ लाई लिएर कोशी प्रदेशका सिनेमा हल संचालकहरु निकै उत्साहित छन । यती बेला देशमात्र हैन बिदेश सबै तिर ‘महाजात्रा’ मय भैरहेको छ । नेपाली चलचित्र बजारमा प्रतिक्षित बनेको चलचित्र ‘महाजात्रा’ चैत्र ९ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागिरहदा चलचित्र निर्माण टिम, दर्शकहरु मात्र हैन सिनेमाहल संचालकहरु पनि निकै खुशी र उत्साहित छन । २ अगाडी बुकिङ खुले सङै आक्रमक बुकिङ पनि भैरहेको छ । यती बेला कोशी प्रदेशमा रहेका सिनेमा हल संचालकहरु निकै उत्साहित र खुशी देखिन्छन । नेपालि सिने जगतमा तिहारमा रिलिज भएको ‘दिमाग खराब’ पछि कुनै पनि नेपाली फिल्मले हलमा दर्शक फर्काउन र हल हाउसफुल हुने कुनै पनि फिल्म नआएर यति बेला हल संचालकको दिमाग खराब भैरहेको अबस्थामा यतिबेला सिक्केवल फिल्म माहाजात्राले हल तताउनेमा आफुहरु ढुक्क रहेको क्फ्क्स बिर्तामोडका म्यानेजर केदार बस्नेत बताउछन । किनकि नेपाली फिल्मी जगतमा सिक्वेल फिल्म फल्प भएको कुनै पनि उदाहरण छैन । तसर्थ यस फिल्मले अवश्य हलमा दर्शक फर्किन्छन भन्नेमा विश्वस्त छौ बस्नेतले थपे । फिल्महरू बिभिन्न बिषय बस्तुमा तयार हुन्छन तर जात्रा फिल्म सधै कमेडी बिषय बस्तुमा तयार भएको फिल्म भएकोले दर्शकले भरपुर आनन्द लिनु हुनेछ र दर्शकको पैसा असुल फिल्महुनेमा आफु ढुक्क बस्नेतको दावी छ ।

पाथिभरा सिनेप्लाजाका म्यानेजर मिन कुमार श्रेष्ठको पनि महाजात्रा प्रती ठुलो आशा र अपेक्षा छ । उनी भन्छन यो बर्षको राम्रो चलचित्र अनी कलेक्सन राम्रो गर्ने चलचित्र ‘महाजात्रा’ बन्ने छ । हाम्रो आसा धेरै छ, राम्रो हुनुपर्ने हो हाम्रो अपेक्षा र सोचेजस्तो नभएपनी दर्शकहरुले धमाधम बुकिङ गरिरहेकोले राम्रोहुनेमा ढुक्क छौ । डिम्याक्स सिनेमाका म्यानेजर बुद्दी पाण्डेको पनि महाजात्रालाई लिएर निकै ठुलो अपेक्षा छ । जात्रा , जात्रै जात्र को सिक्वेल ‘महाजत्रा’ ले पनि महाजात्रा गर्नेमा बिश्वास छ उनले भने । महाजात्रा हाम्रो लागी महापर्व जस्ताइ भएको छ , त्यसैले पनि हामीले ९ गते आउनु भन्दा अगाडी ३ दिन सम्म हल सरसफाइ र रिनोभेसन गरेर महाजात्रा प्रदर्शन गर्न तयारछौ उनले भने । हल रिनोभेसन पछी हल खुल्न साथ अग्रीम बुकिङ राम्रो भएको छ, बेलुकीको शो पुरापुरी हाउस फुलनै हुने वाला छ । नेपाली चलचित्र हरु प्राय बक्स अफिसमै आएर क्यास लिने भएकाले राम्रो हुने मा आफु हरु ढुक्करहेको पाण्डेको भनाइ छ ।

प्रदीप भट्टराईको लेखन निर्देसन रहेको जात्रा सिरिज ब्राण्ड नै भैसकेकाले दर्शकहरुले फिल्म छुटाउनै नचाहेकोले होला अहिले बुकिङ आक्रमक गैरहेको इलाइट सिनेमा इटहरीका म्यानेजर नवराज केसीको भनाइ छ । अहिले महाजात्रा मय भैसकेकोले दर्शकहरुको पर्खाइ बनेको छ भन्ने लागेको छ, जारी पछी राम्रो अकुपेन्सी हुनेमा हामी विश्वाश रहेको केसीले सुनाए । यता फ्रेन्ड्स सिनेमाज धरानका म्यानेजर सन्देश घिमिरेपनी महाजात्रा प्रदर्शनको लागी आफुहरु बेग्र प्रतिक्षामा रहेको बताउछन । महाजात्राको लागी धेरै दर्शकहरुले सोधी खोजी गरेको देख्दा दर्शकहरुको प्रतिक्षा निकै छ भन्ने आफुहरुलाई लागेकाले बिहानइ देखी ४ वटा शो दिएका छौ , धरानमा एउटा मात्र हल भएको ले पनि दर्शकहरुको माग ध्यानमा राखेर शो थपिने पनि उनले बताए । धरान मा महाजात्रा ले अहिले सम्मको सवै रेकर्ड तोड्नेमा आफु ढुक्क भएको घिमिरे बताउछन ।

ADVERTISEMENT

महाजात्रा बिराटनगर को सेन्ट्रल प्लाजा, QFX भाटभटेनी लगायतमा पनि आक्रमक बुकिङ रहेको छ । देशभरका हलहरुमा निकै उत्साजन बुकिङ भएकोले निर्माण टिम यतिबेला खुशी छन । नेपालगन्जमा पहिलो पहिलो शो हरु सबै हाउसफुल भैसकेका छन । टिजर , ट्रेलर गीत सबै उत्कृष्ट र अब्बल देखिएको ‘माहाजात्रा’ ले काठमाण्डौमा भएको प्रिमियर शो मा उत्कृष्ट प्रतिकृया पाइ सकेको छ । यसैकारण पनि सम्पूर्ण नेपाली चलचित्र हेर्ने दर्शकहरुको प्रतिक्षित फिल्म बनिसकेको छ । सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

Previous Post

“पुजार सार्की” को कौडा गीत खिच्दै इन्ड क्ल्याप, गुरुङ भेषमा तीन नायक

Next Post

चलचित्र छायांकन स्टुडियो निर्माण गर्न चलचित्र बिकास बोर्डलाई जग्गा प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist