चर्चित निर्देशक दिनेश राउत निर्देशित चलचित्र ‘पूजार सार्की’ को ४८ औं दिनमा सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको गीत “दर्शन गरेँ हल्का निहुरेर” बोलको कौडा गीतको अन्तिम छायांकनसँगै चलचित्रको सम्पूर्ण छायांकन समाप्त भएको निर्देशक दिनेश राउतले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छन । गुरुङ जातीको संस्कृतिक नाच कौडामा चलचित्रका मुख्य कलाकारहरु प्रदीप खडका, पल शाह र आर्यन सिग्देलले नृत्य गर्दै गरेको तस्विर समेत सार्वजनिक भएको छ । तीन नायकहरुले गुरुङ पहिरन घुम राडी लगाएका छन । उनिहरुले भोटो लगाई जाङमा कछाड र त्यसको भित्र लगौंटी बाँधेका छन । कछाडको माथि कम्मरमा कम्मर पेटी, बाक्लो उनले बुनेको बक्खु जस्तो जरिकोट , ऐँठे (भाङ्ग्रा) र शिरमा भादगाउले टोपी लगाएर अघिल्लो पङ्तीमा नाचिरहेका छन । भने फिल्मका मुख्य कलाकार हरु अन्जना र परिक्षा पनि गुरुङ पहिरनमा कम्मर मर्काउदै गरेको देख्न सकिन्छ । उनिहरुले चोलो र तल्लो भागमा गुन्यू छोटो फरिया , पटुकाले टम्म कस्सिएको र पछिल्तिर कम्मर मुनि मखमल (कालो) को तीन कुने कपडा घरबुनाको घलेक लगाएर नाचिरहेका छन ।
चर्चित फिल्म प्रकाश लेखक बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालले निर्माण गरेको ‘पुजार सार्की’ मा तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देखिदैछन । यी तीन स्टारले पहिलोपटक एकसाथ काम गरेकाले पनि ‘पूजार सार्की’ निर्माण अगावैदेखि चर्चामा छ । सिनेमालाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारी छ ।कास्की जिल्लाको कास्कीकोटमा छायांकन भइरहेको सिनेमामा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, प्रेम सुब्बा, शंकर आचार्य लगायतका कलाकारको पनि अभिनय छ । मुख्य अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर सिनेमाको छायांकन सेटबाट अभिनेता खड्काको लुक्स सार्वजनिक गरिएको छ । निर्देशक दिनेश राउतले उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेका हुन् ।