नेपाली महिला फुटबलकी गोल रक्षक तथा टिम क्याप्टेन ‘अञ्जिला’ तुम्बापोको जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अञ्जिला’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक भएको छ । चर्चित लेखक तथा निर्देशक मिलन चाम्सले निर्देशनमा निर्माण भएको ‘अञ्जिला’ बाओपिक नभएर ‘अञ्जिला’कै वास्तविक जीवन भोगाइमा आधारित रहेर निर्माण गरिएको चाम्सले बताए । चाम्सका अनुसार ७५ प्रतिशत अञ्जिलाकै जीवनीमा प्रभावित रहेको छ । अञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफल खेल जीवनसम्मको जीवन घटना लाई पर्दामा उतारिएको निर्माता प्रेम कुमार श्रेष्ठले जानकारी दिए । सार्वजनिक पोस्टरमा ‘अञ्जिला’को फुटवल मोह प्रस्तुत गरिएको छ । ‘अञ्जिला’ ले घास दाउरा गर्ने डोको बोके संगै दाहिने हातमा भने फुटबल बोकेकिछिन । पोस्टरमा देखाइएको अनुसार फिल्ममा ‘अञ्जिला’को फुटबल प्रतिको लगावका प्रस्ट देखाइएको छ । अर्का मुख्य कलाकार दयाहाङ राई लाई भने ढाका टोपी लगाएको धर्के सर्ट लगाएर मुसुक्क मुस्कुराएको देख्दा हासोमा केही लुकेको भान हुन्छ ।
अञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा छायांकन भएको ‘अञ्जिला’को छायांकन सुदीप बरालले गरेका छन । भने सम्पादन मिलन श्रेष्ठले गरेका छन । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘अञ्जिला’को निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्मातामा विनोद अग्रवाल र राजेश बगडिया छन् । सिनेमामा मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, प्रेम कुमार श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राईको पनि अभिनय छ । सिनेमाले फरक छाप छोड्ने , सफल खेलाडी बन्नुअघि अञ्जिलाले भोगेका दुःख र इच्छाशक्ति भएदेखि केही कुरा असम्भव हुँदैन भन्ने सन्देश सिनेमाले दिनेमा निर्देशक चाम्स ढुक्क छन । सिनेमाको प्रदर्शन मिती केही समयपछी घोषणा गरिने निर्देशक चाम्सले बताए ।