धरान उप महानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) को अभियानका प्रोजेक्ट म्यानेजर दत्त लिम्बुले अभियानमा दैनिक रुपमा खटिने श्रमदाताहरुको लागी हाल प्रदर्शनरत चलचित्र ‘गोर्खा वारीयर’ को टिकट खरिद गरिदिएकाछन । फागुन ११ गते शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘गोर्खा वारीयर’ हेर्नका लागी उनले दैनिक रुपमा खटिने १७ जना श्रमदाताहरुकोलागी व्यक्तिगत पैसाले टिकट बुक गरिदिएका हुन । अन्य बारहरुमा श्रमकै काममा व्यस्त हुने भएकाले बुधवारको समय मिलाएर ‘गोर्खा वारीयर’ हेर्ने चाजो पाजो मिलाएका छौ मेनेजर लिम्बुले भने । लिम्बु आँफै पनि भुतपुर्व शैनिक भएकोले बहादुर शैनिकको बारेमा केही हिस्सा समेत सुनाए । उनले जापान को लडाईं र मलेसियाको जङगलको केही किस्सा र भोगाइ पनि सुनाए ।उनले मलेसियाको जङगलको कथा सुनाउदै भने , गोर्खाली सैनिक थोरै भएको र बिपक्षीहरु धेरै भएको ले हामीहरु भागेर एउटा बिजुलीको पोल जस्तैमा बागेर ज्यान जोगाउन लुकेको जापानी सैनिकहरु सबै बर्दी खोलेर खाना बनाएर खाने ठाउमा पुगेछौ उनिहरु उल्टै डरले तेतिनै बेला गोली चलाएएर भुर्कुट बनाए, तर हामी फर्किएपछी हाम्रो कर्नेलले धन्यवाद गोर्खाली भन्दै स्यावासी दिएको कुरा उनले सुनाए । हाम्रा छोराछोरीहरुले बाबाहरु ब्रिटिश आर्मी भएर पैसा सजिलै सोरेर ल्याउछन भन्ने सोच्छन तर खास दु:ख कस्तो हुन्छ भन्ने कुरा ‘गोर्खा वारीयर’ ले देखाउछ त्यसैले सबै लाहुरे परिवारहरुले हेर्नुपर्नेमा लिम्बुले जोड दिए ।
‘गोर्खा वारीयर’ यतिबेला उपत्यका र मोफसलका सिनेमाहल हरुमा उत्साहजन्क प्रदर्शन गरिरहेको छ । बेलायतपछी नेपालमै पहिलोपटक लाहुरे हरुको शहर धरानमा ग्राण्ड प्रिमियर रेड कार्पेट शो गरेर धराने जनताहरु र देशभरिका दर्शकहरुको मन जित्दै आएको ‘गोर्खा वारीयर’ ले लाहुरे परिवारको मात्रा हैन सबै दर्शक हरुलाई रुवाइरहेको छ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर फागुन ११ गतेबाट देशभरका सिनेमा हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘गोर्खा वारीयर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।