शनिबार सम्पन्न धरान १० के रन १२ औं नेवा च्यारिटी दौड प्रतियोगितामा करिब ३ हजार ६ सय धावक धाविकाहरुले ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गोर्खा वारीयर’ लेखेको रेस नम्बर प्लेट भिरेर दौडिएका थिए । दौडमा धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ), उप मेयर आइन्द्र बिक्रम बेघा, निवर्तमान मेयर तिलक राई, मङ्लोलियन हार्टका गायक राजु लामा,मिस नेपाल निती शाह,गोर्खा वारीयरका मुख्य कलाकार हरु निर्देशक मिलन चाम्स, कार्यकारी निर्माता ज्योतीराज राई लगायत पनि दौडमा सहभागी थिए । दौडमा नेपाल सहित केन्या र भारतबाट पनि धावकधाविकाहरु गरि ३ हजार ६ सय बढी सहभागी भएका थिए । ‘गोर्खा वारीयर’ यतिबेला उपत्यका र मोफसलका सिनेमा हरुमा उत्साहजन्क प्रदर्शन गरिरहेको छ । बेलायतपछी नेपालमै पहिलोपटक लाहुरे हरुको शहर धरानमा ग्राण्ड प्रिमियर रेड कार्पेट शो गरेर धराने जनताहरु र देशभरिका दर्शकहरुको मन जित्दै आएको ‘गोर्खा वारीयर’ ले धरान चिनाउने धरान रनमा आएका धावक धाविकाहरु मार्फत घर घरमा जन जनमा ‘गोर्खा वारीयर’ को सन्देश पुर्याउने उद्देश्यले रेस नम्बर प्लेटमा ‘गोर्खा वारीयर’ राखिएको फिल्म निर्माण टिमले जनाएको छ ।
धरान १० के रन १२ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुल्ला पुरुषतर्फ केन्याका धावक जुलियस मुरिउकी विजेता भएका छन् भने महिलातर्फ नेपालकी धाविका सन्तोषी श्रेष्ठ विजेता भइन् । शनिबार सम्पन्न भएको दौडमा खुल्ला पुरुषतर्फ विजेता मुरउकीले निर्धारित दुरी ३२ मिनेट ५० सेकेण्डमा पुरा गरेका थिए । उनी पोखरा रनमा पनि विजेता भएका थिए । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर फागुन ११ गतेबाट देशभरका सिनेमा हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘गोर्खा वारीयर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।