Thursday, January 15, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘महाजात्रा’ को मोफसल यात्रा तय, कमेडी च्याम्पियनले दिनेछन प्रस्तुती

यस बर्षको बहुप्रतिक्षित चलचित्र 'महाजात्रा' को प्रचार -प्रसार गर्नको लागी टिमले 'महाकमेडी यात्रा' तय गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन ११ गते २१:१५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘महाजात्रा’ को मोफसल यात्रा तय, कमेडी च्याम्पियनले दिनेछन प्रस्तुती
51
SHARES
Share on FacebookShare on Twitter

यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘महाजात्रा’ को प्रचार -प्रसार गर्नको लागी टिमले ‘महाकमेडी यात्रा’ तय गरेको छ ।  फागुन २१ गतेदेखि दुई चरणमा उक्त प्रवर्द्धन अभियान आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ ।चलचित्रको बजार काठमाण्डौ उपत्यका मात्र हैन उपत्यका बाहिर पनि छ भन्ने हिसाबले मोफसललाई प्राथमिकताका दिएर गत बर्ष पनि षट्कोण आर्ट्सले नेपालका बिभिन्न शहरमा ‘महापुरुष’ का मुख्य कलाकारहरु सहित कन्सर्ट गरेको थियो । साथै पुर्वमा पहिलो पटक इटहरीमा ‘महापुरुष’ को ग्राण्ड प्रिमियर समेत गरेको थियो । सोहीअनुसार यही चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘महाजात्रा’ले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । यात्रा यही फागुन २१ गतेदेखि दुई चरणमा गरिने भएको छ । यसपटकको प्रचार -प्रसारको टिममा भने ‘कमेडी च्याम्पियन’ लियर नेपालका बिभिन्न शहरहरुमा पुग्ने योजना अनुसार कार्यक्रमको तालिका तय गरिएको कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाले जानकारी दिए ।

निर्माण टिमले सार्वजनिक गरेको ‘महाकमेडी यात्रा’ को तालिका अनुसार नेपालका मुख्य शहरहरु काठमाण्डौ ,धनगढी,बुटवल,पोखरा ,नारायणगढ ,हेटौंडा ,बिराटनगर र बिर्तामोडमा टिम पुग्नेछ । फागुन २१ गतेदेखि दुई चरणमा उक्त प्रवर्द्धन अभियान आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ । महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ ।दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई चैत्र १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ । ‘महाकमेडी यात्रा’ मा रियालिटी शोबाट उदाएका कमेडियनहरु सहित हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र वर्षा राउत पनि भ्रमणमा संलग्न हुनेछन् । हास्य कलाकारको तर्फबाट दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीहरु  पनि हुनेछन् ।

ADVERTISEMENT

फिल्मका निर्माता म्याक्स दिपेश खत्रीका अनुसार काठमाडौं झैं मोफसलमा पनि प्रचारप्रसारका उत्तिकै गतिविधि गर्दै आएकाले यसपटक कलाकार सहित दर्शकमाझ पछिल्लो पुस्ताका लोकप्रिय कमेडियनलाई लिएर दर्शकलाई भेट्न मुख्य शहरहरुमा पुग्न लागेका हुन । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको तेस्रो शृङखला ‘महाजात्रा’ ले अर्काले पैसा लुकाउन लगाउदा आइपर्ने परिस्थितिको बारेमा गज्जबले प्रस्तुत गर्ने सार्वजनिक टिजरले देखाएको छ । सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ ।म्याक्स दीपेश खत्रीका अलवा यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकान, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Previous Post

फ्रेन्डस सिनेमाज धरानमा ‘गोर्खा वारियर’ को टिकट खरिद गर्दा, गोर्खा वाच जित्ने मौका

Next Post

धरान रन का ३६ सय धावकहरुले ‘गोर्खा वारीयर’ छात्तीमा टासेर दौडिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist