यही फागुन ११ गतेबाट रिलिजको तयारी रहेको बहुप्रतिक्षित चलचित्र ‘गोर्खा वारीयर’ को सिनेमाको टिकट खरिद गर्नेलाई धरान स्थित फ्रेण्डस सिनेमाजले रु ३२ हजार बराबरको गोर्खा वाच घडी दिने भएको छ । घडी प्राप्त गर्नको लागी बिशेषगरी ‘गोर्खा वारीयर’ को टिकट खरिद गरेर प्रतियोगीतामा भाग लिन पर्ने छ । यस्को लागी सिनेमाको टिकट खरिद गर्नु पर्ने , लक्की ड्रको लागि टिकट काउन्टरमा फारम भर्नु पर्ने छ । फारम अनुसार लक्की ड्र मार्फत फ्रेन्ड्स सिनेमाजबाट एक जना भाग्यशाली विजेता छनोट गरेर गोर्खा वाच प्रदान गरिने फ्रेण्ड्स सिनेमाजका व्यबस्थापक सन्देश घिमिरेले जाकारी दिए । पुरस्कार भने चलचित्र गोर्खा वारियर सिनेमा हलहरुबाट उत्रेपछी मात्र बिजेताको घोषणा गरी बितरण गरिने घिमिरेले जानकारी दिए ।
बेलायतपछी नेपालमै पहिलोपटक धरानमा फागुन ५ गते ग्राण्ड प्रिमियर गरिएको ‘गोर्खा वारीयर’ बिशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट भएको थियो । बाफ्टा मा चलचित्र को मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ, नेपाली चलचित्र इतिहास मा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गरेको छ ‘गोर्खा वारीयर’ ले । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् ।अभिनेता चाम्सले भने मैले युद्धका क्रममा भोगेका भोगाइ नै कथा व्यथा यसमा प्रस्तुती करण गरेको छु। उनले भने पुन “सैनिक जीवनमा फर्कने मौका पाएको छु” सेनामा काम गरेको समय भन्दा अभिनयको क्रममा झनै उत्साहित रहेको बताए ।
चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । नेपाली चलचित्र इतिहासमा एक पछी अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारीयर’ अब नेपालका दर्शकहरुले पनि हेर्न पाउने भएका छन । चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन् । फिल्म यही फागुन ११ गते देशभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।