Friday, November 7, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

लिम्बू जातीमा प्रशव पिडाले मृत्यु हुने महिलाको कथा’सुगुप’ धरानमा बिशेष शो हुने

लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको नेपाली चलचित्र ‘सुगुप’ धरानमा तीन दिन सम्म बिशेष शो गरिने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन १० गते २०:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
लिम्बू जातीमा प्रशव पिडाले मृत्यु हुने महिलाको कथा’सुगुप’ धरानमा बिशेष शो हुने
64
SHARES
Share on FacebookShare on Twitter

लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार ‘सुगुप’ मा आधारित रहेर निर्माण गरिएको बिशेषगरी पुर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको नेपाली चलचित्र ‘सुगुप’ धरानमा तीन दिन सम्म बिशेष शो गरिने भएको छ । आगामी फागुन १९ ,२० र २१ गते तीनदिन सम्म धरान ८ स्थित बराह शपिङ कम्प्लेक्सको फ्रेण्ड्स सिनेमाजमा गरिने आज धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ‘सुगुप’ यस अघि हङकङमा प्रिमियर गरिसकेको र हङकङमा बस्ने सम्पूर्ण नेपाली हरुले पनि अत्यधिक रुचाएपछी अब यही फागुन १२ र १७ गते काठमाण्डौमा प्रिमियर शो राखिने सुगुप का कलाकार तथा धरान प्रिमियर शो का संयोजक तिर्थ मादेम्बाले जानकारी दिए । बिशेषगरी लिम्बु जातीहरुमा सुत्केरी अवस्था हुदा व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भन्ने गरेको कलाकार मादेम्बाले बताए । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको ‘सुगुप’ लाई निर्देशक लोकेन साँवाले निर्देशन गरेका छन भने देबेन्द्र खापुङको पटकथा रहेकोछ । लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा गरिने अन्तिम संस्कार सुगुप नै चलचित्रको मुख्य शार रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सुगुप को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा धरान उप महानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम बेघा थिए । उनले पछील्लो समय लिम्बु जातीहरुको कला र साँस्कृतिहरु लोप हुँदै जाने क्राम्रमा भएपनी यस्ता चलचित्रहरु निर्माण गरेर नयाँ पिढीलाई केही सिक्ने मौका मिल्दै गएको बताए । उनले ‘सुगुप’ को बारेमा आफु जानकार रहेको भन्दै यस्ता बिषय बस्तु उठान गरेको चलचित्रले नयाँ पिडीहरुलाई केही जानकारी दिने बताए । बिशेषगरी व्यक्तीको मृत्‍यु कसरी भएको छ सोही अनुरुप अन्तिम संस्कार गरिने हुदा एउटा मानव सृष्टि गर्ने क्रममा मृत्‍यु बरण गरेका आमा दिदीबहिनिहरुलाई सम्मान जनक ढंगले अन्तिम संस्कार गरिदिनु पर्थ्यो भन्ने आफुलाई लागेको सुनाए । सुत्केरी हुन नसकेर अचानक ज्यान गुमाएका चेली हरुलाई घोप्टाएर दफन गरिएन चलन छ त्यही बिषयलाई ‘सुगुप’ ले उठाएको हुन सकेन भन्दै चलचित्र सफलताको शुभकामना दिए । कार्यक्रममा बिशेष अतिथी याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले ‘सुगुप’ को सफलताको शुभकामना दिए । उनले चलचित्र ‘सुगुप’ बिभिन्न भाषामा आउँदै गरेको सुनेर आफु खुशी भएको सुनाए । उनले सबै चलचित्र हेर्नै पर्छ भन्ने छैन, सुगुप जस्ता सांस्कृतिक चलचित्रहरुमा हेर्न जरुरी रहेको र पत्रकारहरुले पनि यस्ता चलचित्रहरुको बारेमा खुलेर कलम चलाऊन आग्रह गरे । उनले नेपाली चलचित्रले आफ्नै पहिचान दिन सक्न पर्नेमा जोड दिए ।

ADVERTISEMENT

सोहि विषयमा केन्द्रित रहेर सुगुप निर्माण गरिएको मादेम्बाले बताए । हङकङमा रहेका युवा व्यवसायी , समाजसेवी तथा ग्रेण्ड मास्टर रबिन कुमार नाल्बोले निर्माण गरेको सुगुपमा दिलमाया लाबुङ नाल्बो,र सैलेन्द्र कुमार नाल्बो सह निर्माता हुन भने एल पि साँवा,मनिसा नाल्बो,श्री प्रसाद माबो,राम प्रसाद पंधाक ले निर्माणमा सघाएका छन ।लिम्बु चलचित्रका वरिष्ठ अभिनेता प्रेम सुब्बा, लिम्बू समुदायका चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू (फुलेन्देको बाउ) र बबिता नेयोङहाङको मुख्य भुमिका रहेको सुगुपमा यासेली योङहाङ, त्यसैगरी विराटनगरकी मोडल तथा नव नायिका सुम्निमा खापुङले पनि यस चलचित्रबाट डेब्युु गरेकी छन् । ‘सुगुप’ मा युवराज राईको छाँयाङकन,बिपिन मल्लको सम्पादन,अशोक राईको संगीत,कमल राईको नृत्य, किशोर सम्बाहाङफेको द्वन्द निर्देशन रहेको छ ।

 

Previous Post

दोस्रो ‘धरान एक्स्पो २०८०’ फागुन ११ गतेबाट, पर्यटन मन्त्रीले उदघाटन गर्ने

Next Post

फ्रेन्डस सिनेमाज धरानमा ‘गोर्खा वारियर’ को टिकट खरिद गर्दा, गोर्खा वाच जित्ने मौका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist