अहिलेका चर्चित अनी व्यस्त अभिनेता दयाहाङ राईले रु एकहजार राखेर क्यामेराको पूजा गरेका छन । उनले चलचित्र ‘घरज्वाइँ’ खिच्ने क्यामेराको पूजा गरेका हुन । घरज्वाइ को छायांकन रुकुमपूर्वको परम्परागत मगर बस्ती तकसेरामा हुँदैछ । भुमे गाउँपालिकाको लुकुमगाउँमा मगर संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ को केही दिन सुटिङको काम सकेर चलचित्र निर्माण टोली मंगलबार पुथाउत्तर गंगा गाउँपालिकाको तकसेरा पुगेको हो । लुकुममा काम सकेर आफूहरु तकसेरा पुगेको निर्माता जनक घर्तीमगरले बताए । ‘लुकुममा करिब २ प्रतिशत छायांकनको काम सकेका छौं,’ उनले भने, ‘अब तकसेरा र आसपासको क्षेत्रमा करिब २५ दिन रहेर काम सक्नेछौं ।’
जीएम मुभी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको चलचित्रको कथा निर्देशक बुढा स्वयंले लेखेका हुन् भने पटकथा लेखनमा सुवास कोइराला र विनोद खतिवडाले बुढालाई सघाएका छन् ।असार २८ गते प्रदर्शनका लागि मिति तय गरिसकेको बताउँदै निर्माता घर्तीले चलचित्रको वितरण विदेशमा एमएसएम ईन्टरनेसनल र नेपालभर आरआर फिल्मसले जिम्मा लिएको छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,भोला सापकोटा,राज थापा काउचा,कविता आले,शिला आले,अनु थापा,बिना मगर,खडुगबहादुर पुन ९खबपु० सोनाम लामा, बिवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।