गत माघ २७ गतेबाट धरानमा सुरु भएको ७ दिने सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सव २०८० मा चर्चित लोकदोहोरी गायिका तथा स्टेज तताउने गायिका को रुपमा चिनिने ज्योती मगर आउने भएकिछिन । तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा जारी वृहत साँस्कृतिक महोत्सवमा दैनिक रुपमा चर्चित गायकहरुले प्रस्तुती दिरहेका छन ।नेपाल तामाङ घेदुङ धरानको आयोजनामा चलिरहेको सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सवलाई सङ्गीतमय बनाउन फागुन ३ गते बिहीवार साँझ चर्चित गायिका ज्योती मगर आउने भएकीहुन ।
धरान-१२ स्थित पब्लिक स्कुलको खेलमैदानमा चलिरहेको महोत्सवमा धरानेहरुको मानव साग उर्लिरहेकोछ । पछिल्लो समय स्टेज कार्यक्रमहरुमा उत्तेजक हर्कत देखाएर आफ्नो पहिरन र जवानीले निकै चर्चित बनेकी सेक्सी गायिका गायिका ज्योती मगर मेला महोत्सव र स्टेज प्रोग्राममा धेरै रुचाइएकी गायिका हुन । ज्योतीले कार्यक्रममा ‘आए ज्योती, ओए ज्योती देउन एक चोटी’, ‘ढाडे विराला’ जस्ता आधा दर्जन गीतहरु प्रस्तुत गर्ने छिन । महोत्सवमा धराने हरुको मागमा एक्पछी अर्का चर्चित कलाकारहरु ल्याइएको आयोजक तामाङ घेदुङ धरान नगर अध्यक्ष सपना तामाङले बताए ।
यस अघी चर्चित गायक सुगम पोखरेल, कमल खत्री लगायतले स्टेज तताइ सकेकाछन भने अब ज्योति मगर पछी फागुन ४ गते सविन राइ र फागुन ५ गते अर्थात अन्तिम दिन तिर्सला गुरुङले स्टेज तताउने सोनाम ल्होसार सांस्कृतिक पर्यटन महोत्सव २०८० का संयोजक दिपक घिसिङले जानकारी दिए ।महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन, खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस तामाङ जातीको ड्म्फु नाच लगायत बिभिन्न जातीय पारीकारहरुको स्टलहरु समेत रहेकोछ । महोत्सवमा हरेक दिन हजारौ दर्शकहरुले अवलोकन गरिरहेकाछन । महोत्सव प्रबेशको लागी राष्ट्रिय कलाकार भएको बेला रु २०० र स्थानीय कलाकारहरु मात्र भएको बेला रु २५ टिकट दर राखिएको संयोजक घिसिङले जानकारी दिए ।