चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिन लागेको चलचित्र ‘पुजार सार्की’ को चर्चा निर्माण घोषणा देखिनै भएको हो । निर्माण घोषणा संगै कलाकारहरुले फटाफट फोटोहरु पोस्ट गर्न थाले । बिशेषगरी अन्जना बराइली,परीक्षा लिम्बु र आर्यन सिग्देलले पल पल को अपडेट दिए । तर अर्का मुख्य कलाकारद्वय प्रदीप खडका र पल शाहले भने खासै पोस्ट गरेनन । उही समयदेखी सर्वत्र चर्चामा रहेको ‘पुजार सार्की’ को केहीदिन अघी पोस्टर सार्वजनिक भयो । उक्त्त पोस्टरमा चकलेटी हिरो नामले परिचित तीन हिरोहरुलाई बुढेसकालको गेटअपमा प्रस्तुत गर्यो । तर नायिका द्वय परीक्षा लिम्बु र अन्जना बराइली भने पोस्टरमा अटेनन । पोस्टर रिलिज हुन साथ फिल्मको अन्तररास्ट्रीय अधिकार पनि बिक्री भयो । निर्माण टिमको खुशी को सिमा रहेन अब फिल्मले गज्जबको व्यापार गर्नेमा ढुक्क छन निर्माण टिम ।
गत मङ्सिर २५ गते निर्माण घोषणा गरिएको ‘पुजार सार्की’ माघ १० गते फ्लोरमा जाने मिती तय गरेपनी ६ दिन ढिलागरी आज माघ १६ गते सहिद दिवसको दिन पारेर छायांकन सुरु गरेकोछ । मंगलबार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै चलचित्र छायाङ्कनमा गएको छ ।चलचित्र युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । चलचित्रको छायाङ्कन सोही गाउँमा हुनेछ ।बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालको निर्माण रहने फिल्म ‘पुजार सार्की’ मा एक साथ काम गर्दैछन । फिल्मका लेखक विकास सुवेदीसँग निर्देशक राउत र प्रदीपले यसअघि ‘प्रकाश’मा सहकार्य गरिसकेकाछन । फिल्म को नामलाई लिएर धेरैको कौतुहलता भएपनी एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्ने निर्माण टिमको दावी छ ।चलचित्रले स्टारर हरूले कसरी मिलेर काम गर्नुपर्दछ भन्ने सन्देश दिन निर्देशकले पनि चाहेका छन् । प्रदीप र पल पनि ‘पुजार सार्की’लाई व्यापारिक र समीक्षागत दुवै तवरले सफल बनाउन कस्सिएका छन् ।