साउथ फिल्म KGF अध्याय १ र २ मा रकीको आवाज संगै दक्षिण भारतीय अभिनेताहरु धनुष, अल्लु अर्जुन, र अन्य धेरै प्रसिद्ध अभिनेताहरूको लागि आफ्नो आवाज डबिङ गराइ सकेका चर्चित भोइस आर्टिस्ट सचिन गोले नेपाली चलचित्र ‘गोर्खा वारीयर’ मा पनि जोडीएकाछन । सचिनले धेरै टलिउड चलचित्रहरूमा र लोकप्रिय कार्टुन शो पोकेमोनमा पनि आफ्नो आवाज दिइसकेकाछन । अब गोर्खा वारीयरमा उनले मुख्य कलाकार रितेश चाम्सको लागी आवाज भर्नेछन । गोलेले यतिबेला ‘गोर्खा वारिअर’को हिन्दी संस्करणमा आफ्नो आवाज स्वरांकन गराइरेहका छन् ।अहिलेको मुम्बईको एक स्टुडियोमा गोलेसहितका अन्य भारतीय भ्वाइस एक्टरले स्वरांकन गराइरहेका छन् । निर्देशक मिलन चाम्सले फिल्मलाई बोल्ड भ्वाइस चाहिएको र यसका लागि गोलेलाई अप्रोच गरिएको बताए । डबिङको काम एक हप्ताभित्र सकिने र कोरियाली भाषामा पनि डब भइरहेको निर्देशक मिलन चाम्सले जानकारी दिए । चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन् ।
नेपाली चलचित्र इतिहासमा एक पछी अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारीयर’ अब नेपालका दर्शकहरुले पनि हेर्न पाउने भएका छन । ‘गोर्खा वारियर’ ले बेलायतको, सिनेवर्ल्डमा प्रिमियर, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले फिल्म सफलताको लागी शुभकामना संदेश पठाउनु, पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश लगायतले चर्चामा रहेको नेपाली फिल्म ‘गोर्खा वारियर’ नेपालमा फागुन ११ मा प्रदर्शन हुने भएको छ । फिल्मको ट्रेलर भने रिलिज हुनु भन्दा एक महिना अगाडी अर्थात यही माघ ११ गते हुनेभएको छ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् । चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।