कार्त्तिक ११ गते रिलिजको तयारी रहेको बहुप्रतिक्षित चलचित्र ‘महापुरुष’को इटहरीमा ग्राण्ड प्रिमियर सम्पन्न भएकोछ । बुधवार इटहरी स्थित इलाइट सिनेमामा सम्पन्न ग्राण्ड प्रिमियरमा उपस्थित दर्शकहरुको प्रतिकृया देखेर निर्माण टिम मख्ख परेकाछन । प्रिमियरमा निर्देशक तथा लेखक प्रदीप भट्टराई , कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानिया , कलाकार कोपिला थापा , अरुण क्षेत्री र अन्जना बराईलिको उपस्थितीरहेको थियो । प्रिमियरमा बिर्तमोड ,दमक , बिराटनगर इटहरी र धरानका संचारकर्मीहरु , कलेजका प्रोफेशर , जनप्रतिनिधी , जेसिस ,,डाक्टर ,व्यवसायी र चलचित्रकर्मीहरुको उपस्थित रहेको थियो ।
उपस्थित दर्शकले चलचित्रको खुलेरै प्रंससा गरेभने यती राम्रो चलचित्र निर्माण गरेको भन्दै निर्माण टिमाली धेरै बधाई दिएका थिए । फिल्म मनोरन्जन भएपनी मनोरन्जनमा यथार्थमा वास्तविकता पनि थपिएकोले फिल्म उत्कृष्ट बनेको एक प्रोफेशरले बताउनु भयो । केही बर्ष अघी मात्र आफ्ना बाबा बितेका संचारकर्मी तथा शिक्षिका लक्ष्मी कार्कीले फिल्म हेर्दा हेर्दै आसु झरेको पत्तो नपाएको र आफ्नो बाबालाई धेरै मिस गरेको बताइन । पहिलो शो मा आफ्नो फेमिलीलाई महापुरुष देखाउने उनले बताइन । पुर्वका पुराना रङ्गपत्रकार तथा ब्लास्ट टाइम्स दैनिक धरानका कार्यकारी सम्पादक गोपाल दाहालले समाजमा खासै बहसकाे विषय बन्न नसकेकाे ज्येष्ठ एकल पुरुषहरुकाे समस्यालाई प्रमुख रुपमा उठाएकाे चलचित्र महापुरुष गज्जब रहेको बताए ।
अहिलेका सकृय रङ्ग पत्रकार सुमित कार्कीले स्क्रिन प्ले र प्रेजेन्टेशन उत्कृष्ट भए पनि क्लाइमेक्समा मज्जा नआएको बताए । डेब्यु एक्टरहरु डेब्यु नलागेपनी गौरी मल्लको कारण डेब्यु हिरोइनी छायामा परेको बताए । हुनत स्टार हरुको अगाडे अली अली छाया पर्नु नर्मल हो उनले थपे । हरीबंश आचार्यको डाइलग डेलिभेरी र एक्प्रेशनले आँखा रसाएको कार्कीले बताए ।इटहरीका सकृय पत्रकार तथा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व सचिव हिमाल दाहालले कथावस्तु, लेखन, निर्देशनमा पनि यसअघिका सबै हाँस्यप्रधान चलचित्रहरुभन्दा यो राम्रो छ । अलि राम्रो गर्न सकिने छिटफुट ठाउँहरु छन् । तर मनोरञ्जन चाहने दर्शकहरुले त्यसलाई माइण्ड गर्दैनन् । मज्जाले हँसाउने यो चलचित्रले केही ठाउँमा राम्रैसँग रुवाउँछ पनि ।सामाजिक सन्देशमुलक हाँस्यप्रधान यो चलचित्र हेर्दा पैसा खेर नजाने बताए ।
इटहरी एफ एम का संचालक चेतन धमलाले अहिले आफुले मात्र हेरे अब कार्त्तिक ११ गते चाँही बुवा ममी सहित परिवारनै लिएर महापुरुष हेर्न आउने बताए ।फिल्म चलिरहदा एकोहोरो ध्यान मग्न भएर हेरिरहेका कवि लेखनाथ पौडेलले चलचित्रको नाम सुनेरनै धेरै समय पछी फिल्म हेर्न हलमा आएको बताए । उनले फिल्म साच्चै हेर्नै पर्ने फिल्म कबिताका रस मिले जस्ता मिठो फिल्म बनेकोले सबैलाई एकपटक हेर्न आग्रह गरे ।
एकल अभिभावकको एक्लोपनको कथा , दुई पुस्ते प्रेम र समाजका कुरालाई पर्दामा देखाइएको ‘महा पुरुष’यही कार्त्तिक ११ गतेबाट देसभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेकोछ ।