‘धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ मा मोडल निती शाह अनुबन्ध भएकिछिन । उनी अनुबन्ध भएसङै उनको लागी यो फिल्म डेब्यु पनि हो । यस अघी ४ वटा फिल्ममा काम गर्ने भनेपनी बन्ने नबन्ने टुङ्गो नभएसी नितीको लागी खजुरे ब्रो नै डेब्यु फिल्म बनेकोछ । फिल्मको छायांकन शुक्रबारदेखि सुरु भएको हो ।केही अगाडिसम्म नीतिलाई फिल्म डेब्यु गर्न सकस भन्ने विषयका थुप्रै समाचार मिडियामा छाएका थिए । ४ फिल्म ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’मा जोडिदा पनि उनले डेब्यु गर्न सकेकी थिइन् । चार फिल्म सम्झौता गर्दा पनि कुनै बन्न सकेन । फिल्ममा रंगमञ्च पृष्ठभूमिका मा दर्जनौँ नाटकसँगै ‘गोर्खा वारियर’, ‘यात्रा’, ‘ए मेरो हजुर ३’ लगायतका फिल्ममा अभिनय गरेका रेअर राई नितीको जोडी हुनेछन । ‘
खजुरे ब्रो’ कमेडी कथावस्तुमा निर्माण हुने लागेको हो ।८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका निर्देशक सुरज सुनुवारले ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएकाछन । ‘खजुरे ब्रो’ को लेखक पनि निर्देशक सुनुवार नै हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।शिशिर बिशंखेले छायांकन गर्ने छन । सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा हुनेछ । ‘ अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेको हुनेछन ।