पछील्लो समयकी चर्चित अनी व्यस्त नायिका मिरुना मगरको मुख्य भूमिका रहने च्लचित्र ‘मनसरा’ को छायांकन सुरु भएको छ । हिट फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन निर्देशन रहने ‘मनसरा’को सोमबारबाट ललितपुरको नख्खुमा सुरु छायांकनको पहिलो दिन मिरुना मगर र प्रवीण खतिवडाको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो । दयाहाङ राई र मिरुनालाई शीर्ष भूमिकामा देखिने फिल्ममा मेनुका प्रधान र प्रवीण खतिवडाको पनि मुख्य भूमिका रहनेछ । सोसल ड्रामा ‘मनसरा’लाई एक महिनासम्म ललितपुर र पाँचथरमा छायांकन गर्ने तालिका छ । दुई साताअघि पोस्टर सार्वजनिक गर्दै निर्देशक सुब्बाले वैशाख २१ गतेलाई प्रदर्शन मिति तय गरिसकेका छन् ।कबड्डी फिल्म्स्को ब्यानरमा निर्माण हुने ‘मनसरा’ लाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछ ।