चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिन लागेको चलचित्र ‘पुजार सार्की’ को वर्कशप सुरु भएको छ । तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देख्ने दर्शकहरुको चाहनालाई अब फिल्म का निर्माता तथा संगीतकार सुभाष भुषाल र निर्देशक दिनेश राउतले पुरा गरेका हुन । आइतबारबाट आफ्नै कार्यालय अनामनगरमा पन्ध्र दिने फिल्मको कार्यशाला सुरु गरिएको निर्देशन दिनेश राउतले बताए ।निर्देशक राउतले नै सञ्चालन गरिरहेको वर्कसपमा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह उपस्थित छन् । साथमा निर्माता सुवाष भूषाल, नायिकाहरु अञ्जना बराइली र परिक्षा लिम्बुले पनि वर्कसपमा सहभागीता जनाइ रहेका छन् । फिल्मको छायाँकन माघ १० गतेदेखि सुरु गर्ने तयारी छ । पोखरा र कास्कीकोटमा फिल्म खिचिनेछ । ‘प्रकाश’ निर्देशक राउतको मल्टीस्टारर ‘पूजार सार्की घोषणा भएसँगै चर्चामा छ ।
बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालको निर्माण रहने फिल्म ‘पुजार सार्की’ मा एक साथ काम गर्दैछन । फिल्मका लेखक विकास सुवेदीसँग निर्देशक राउत र प्रदीपले यसअघि ‘प्रकाश’मा सहकार्य गरिसकेकाछन । फिल्म को नामलाई लिएर धेरैको कौतुहलता भएपनी एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्ने निर्माण टिमको दावी छ ।चलचित्रले स्टारर हरूले कसरी मिलेर काम गर्नुपर्दछ भन्ने सन्देश दिन निर्देशकले पनि चाहेका छन् । प्रदीप र पल पनि ‘पुजार सार्की’लाई व्यापारिक र समीक्षागत दुवै तवरले सफल बनाउन कस्सिएका छन् ।