यही मङसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुइ कदम’ मा नायिका बर्षा शिवाकोटीको इन्ट्री भएको छ । भर्खरै सुपरहीट फिल्म परदेशी – २ दिएकी बर्षाको इन्ट्री पुरै चलचित्रमा नभएर एक गीतको लागी हो । ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’ बोलको गीतमा उनको डान्सदेख्न पाइने छ । उक्त्त गीतको काठमाडौंमा छायांकन गरिएको छ । राजधानीको ठमेलस्थित १० एक्स क्लबमा दुई दिन यता गीतको छायांकन गरिएको हो ।गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द र आशिषको संगीत छ । गीतमा आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।गीतमा फिल्मका कलाकार इओन लिम्बु र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छिन् । फिल्ममा यही गीतमा मात्र वर्षा देखिनेछिन् । ![]()
गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन् । गीतका छायांकार सौरभ लामा हुन् ।उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले,सिमोन गिरी सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ ।अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ ।
Photo : Surendra Thapa kathmandu






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।