निर्देशक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको निर्देशनमा देउसी गीत रिलिज भएकोछ । रविन्द बिश्वासको निर्माण , प्रवलदिप बिश्वासको शब्द संगीतमा प्रवलदिप बिश्वास र टिका प्रसाइको स्वरमा रहेको देउसी गीत प्रवलदिप बिश्वासकै युट्युब च्यानल मार्फत रिलिज भएको हो । गीत चलचित्रकर्मी महासंघका सदस्य कलाकारहरुको जम्बो टिमको अभिनय रहेकोछ ।
भिडियोको धिरेन शाहको छायांकन तथा कार्तिक राजबंशीले सम्पादन गरेका छन् । तिहारको बेला प्रदेशिएका दाजुको सम्झनामा रहेकी बहिनी पिडालाई समेत समेटिएर तयार गरिएको म्युजिक भिडियो पूर्ण रुपमा देउसी गीतमा रमाइलो गरिएकोछ ।
गीतमा निलम, चौधरी,ईन्द्र परियार लाखमान योन्जन ,हिमाल दाहाल,बिनोद पुडासैनि,दीपा पोख्रेल,संगिता यादव,दिनेश कोइराला,मेनुका माझी,जटिन ताम्रकर,सुरेन्द्र भुजेल,रितेश जङ खत्री,भुनेश्वोर राजबंशी,भक्तराम् खवास,कला खवास,सिमा खवास,मौशमी कार्की,सुनिता रसाइली,पूजा माझी,सरोज चौधरी,पिन्टु संयल,रमेश भट्टराई,मनोज विश्वाश,दीप चौधरी लगायतको अभिनय रहेकोछ । बाल कलाकार प्रकाश विश्वास र स्वर्णिम अमात्यको अभिनय रहेको छ ।