चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहेको ड्रीम प्रोजेक्ट चलचित्र ‘बलिदान’ को मुख्य कलाकारको रुपमा नायक सौगात मल्ल चयन भएकाछन । यसका लागि सौगात मल्लसँग विभिन्न चरणमा कुराकानी भैसकेको छ । तर, दुबै पक्षले कागजी संझौता भने गरेका छैनन् ।निर्माता तथा निर्देशक सेनका अनुसार, केही कुरा मिलाउन बाँकी रहेकाले कागजी संझौता भने नभएको हो । यो चलचित्रमा खलपात्रको रुपमा अर्पण थापालाई फाइनल गरिसकिएको छ । बलिदान’ को प्री – टिजर सार्वजनिक भएको छ । केही महिना अघी ७ ओटा गाडी जलाएर ‘बलिदान’ को टिजर छायांकन गरिएको थियो ।
सुपर हिट चलचित्र हरु चंखे संखे पंखे, प्रेमगीत ,प्रेमगीत -२, मेरी मामु, प्रेम गीत -३ चलचित्रहरु निर्माण गरिसकेको आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट”बलिदान” लाई लिइएको छ । आसुसेन प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । ‘बलिदान’को छायांकन भने तिहारपछि हुने सेनले जानकारी दिए । सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने र मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको सेनले बताए ।