Friday, October 31, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘हे हर्क’ गीतको भिडियो सार्वजनिक

हर्क साम्पाङ)लाई अघी बढन निर्देशन गरिएको 'हर्क अघी बढ हर्क' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक १६ गते १७:१५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘हे  हर्क’  गीतको भिडियो सार्वजनिक
127
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाला चर्चित मेयर हर्क राज राइ ( हर्क साम्पाङ)लाई अघी बढन निर्देशन गरिएको ‘हर्क अघी बढ हर्क’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइकिङ बाबा नामले परिचित गीतकार तथा समाजसेवी राजीव हलवाइको शब्द, निशान श्रेष्ठको संगीत र राजेश पायल राईको आवाजमा रहेको गीतको म्युजिक भिडियो सिल्भर इन्टरटेन्मेन्ट धरानले निर्माण गरेको हो । म्युजिक भिडियोको आज धरान स्थित फ्रेण्डस सिनेमामा एक कार्यक्रम आयोजना गरी सिल्भर इन्टरटेन्मेन्टकै युट्युब च्यानल मार्फत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

आजको म्युजिक भिडियो सार्वजनीक कार्यक्रमका प्रमुख अतिथी साम्पाङ नै थिए । उनकै जीवनीमा आधारित भएर निर्माण गरिएको म्युजिक भिडियोमा उनको श्रमदान अभियानलाई बिशेषरुपमा प्रस्तुत गरिएको छ । साम्पाङ मेयर पदमा निर्वाचित भएदेखी यता उनले गरेको खानेपानी अभियान, वृक्षारोपण,लागुऔषध दुर्व्यासनी अभियान लगायत कार्यहरुलाई भिडियोमा प्रस्तुत गर्न खोजिएको छ । मेयर साम्पाङको जीवनीमा आधरित रहेर निर्माण गरिएको म्युजिक भिडियोको गीतले उनलाई निडर भएर, सबै जनतालाई समेटेर अगाडी बढन अनुरोध गरिएकोछ । तर साम्पाङहरेक अभियानमा सारथी बनेका उप मेयर आइन्द्र बिक्रम बेघालाई भने भिडियोमा समाबेश गरिएको छैन ।


म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी बनेर कार्यक्रममा पुगेका साम्पाङले भिडियो हेरेर आफु भावुक भएको बताए । आफुलाई यती धेरै माया गरेर काम गर्न हौसला दिदै निर्माण गरिएकोको भिडियो हेरेपछी आफुप्रती जनताको आशा अपेक्षा धेरै देखेको र त्यो आशा अपेक्षालाई कहिले पनि मर्न नदिने साम्पाङले बताए । आफुमा अझै धेरै काम गर्ने जिम्मीवारी र चुनौती रहेकोले सबैको साथ र सहयोगको अपेक्षा छ साम्पाङले भने । कार्यक्रमका बिशेष अतिथी उप मेयर आइन्द्र बिक्रम बेघाले म्युजिक भिडियो मार्फत धरानले गरिरहेको श्रमदानको सन्देश विश्वभर पुर्याएको बताए । धरानको बिकासमा जनताहरुले दिएको साथ आफुले प्रत्यक्ष देखेको र भिडियो मार्फत अझ स्पस्ट रुपमा देख्दा आफु निकै भावुक भएको बताए । भिडियो सार्वजनिक कार्यक्रममा गीतकार तथा समाजसेवी मिना सिङगक, नायिका रेखा लिम्बु, पत्रकार, श्रमदाता लगायतको उपस्थित रहेको थियो । गीतको छायांकन भुपेन्द्र लिम्बु तुम्बहम्फे,अदाम लिम्बु,फुर्बा चुक्टे सेर्पा, कमान सिंह राई राजेश शाक्य (टोनी) र राणाले संयुक्त्त रुपमा गरेका छन भने सम्पादन आदम लिम्बुको रहेको छ ।

ADVERTISEMENT
Previous Post

वीपी अस्पताल धरानको ओपिडी सेवा आजबाट सुरु

Next Post

नेपाली सेना र प्रहरीमा जागीर खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist