Sunday, June 22, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल मल्लले जिते

अगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको 'दिमाग खराब' ले प्रचार प्रसारको गज्जबको उपाय अपनाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक १५ गते १४:५१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार कुशल मल्लले जिते
45
SHARES
Share on FacebookShare on Twitter

अगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दिमाग खराब’ ले प्रचार प्रसारको गज्जबको उपाय अपनाएको छ । प्रचार प्रसार भनौ या नेपाली क्रिकेटलाई प्रोत्साहन ‘दिमाग खराब’ टिमले आईसीसी टी-२० विश्वकप एसिया अर्न्तगत मंगलबार भएको नेपाल र मलेसियाबीचको खेलमा पुरस्कारको घोषणा गरेको थियो । टिमले घोषणा गरेको पुरस्कार ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार ३४ बलमा ६५ बनाएका अलराउण्डर कुशल मल्लले जितेका छन् । उनलाई अभिनेत्री सुपुष्पा भट्टले मल्ललाई ५० हजार नगदसहित यो पुरस्कार हस्तानतरण गरेकी हुन् ।त्यस्तै, १० हजार राशीको ‘बेस्ट सर्ट्स अफ द डे’को पुरस्कार पनि अलराउण्डर मल्लले जितेका छन् । उक्त पुरस्कार उनलाई सिनेमाका निर्माता रौनक विक्रम कडेलले हस्तान्तरण गरे । टी-२० विश्वकप क्रिक्रेटको एसिया छनोटमा नेपाली खेलाडीलाई हौसला बढाउनका लागि सिनेमाको टिमले पुरस्कार राशीको घोषणा गरेको थियो । यो पुरस्कार नेपाली खेलाडीले मात्र पाउने बताइएको थियो ।

सिनेमाको टिमले मुनाफाको ५ प्रतिशत क्यानको विकासका लागि समेत प्रदान गर्ने घोषणा गरेको छ । यसविषयमा गत आइतबार निर्माता कडेल र क्यानबीच सहमति भएको थियो । नेपाली खेलाडीहरुको हौसला बढाउन र क्रिकेटको विकासका लागि यो कदम उठाएको निर्माता कडेल बताउँछन् । नेपाली सिनेमाले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको खेलमा क्यानसँग सहकार्य गरेको हो ।सिनेमाको टिमले क्यानसँग मिलेर ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

 

Previous Post

परदेशी -२ मा दर्शकलाई रुवाएको गीत ‘नभुल्नु ए साथी’ रिलिज

Next Post

सुरु भयो ‘महाजात्रा’ को छायांकन, हरिवंश क्यारेक्टर लुक्समै देखिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट   नेपाल आइन नायिका

‘यो मन त मेरो नेपाली’ को प्रचार प्रसार गर्न अमेरिकाबाट नेपाल आइन नायिका

by हंगामा खबर
२०८२ असार ७ गते २२:४२ बजे प्रकाशित
0

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

‘एस.ई.ई. स्पिकर” पब्लिक चोइस अवार्ड प्रतियोगिता बुढासुब्बा मन्दिरमा

by हंगामा खबर
२०८२ असार ७ गते २२:०९ बजे प्रकाशित
0

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

हिट चलचित्र प्रेमगीतका निर्देशक र नायकको सहकार्य, अब दर्शकहरुले लवस्टोरी चलचित्र हेर्न पाउने

by हंगामा खबर
२०८२ असार ४ गते १८:१२ बजे प्रकाशित
0

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

चलचित्र “यो मन त मेरो नेपाली हो ” को अमेरिकामा विशेष प्रदर्शन, दर्शकहरुद्धारा खुलेरै प्रसंसा

by हंगामा खबर
२०८२ असार ४ गते ०९:५७ बजे प्रकाशित
0

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

पाँचौं संस्करणको ‘मिस एसईई इटहरी-२०८२’ को उपाधी श्रेयसी भट्टराईलाई

by हंगामा खबर
२०८२ असार १ गते २२:४३ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist