तेस्रो हप्तामा प्रदर्शनरत चलचित्र परदेशी -२ मा दर्शकहरुलाई एकदमै दुखित हुँदै रुन वाध्य गराउने एक दृश्यमा समेटिएको मार्मिक गीत ‘नभुल ए साथी’ को पुरा भिडियो रिलिज भएको छ । चलचित्रका मुख्य पात्र प्रकाश सपुत अध्ययनका लागी अमेरिका जाने तयारीमा रहेको बेला आफ्ना मिल्ने साथीहरुलाई पार्टी दिएकोबेला साथीहरु सँग छुटिने बेलाको एक गीत हो नभुल ए साथी । साथीहरु संगै हुँदा गरेका कमिकमजोरीहरु सम्झिदै फिल्मका एक महत्वपूर्ण कलाकार अर्थात प्रकाशका मिल्ने साथीले गाउँ सुरु भएपछी सबै साथीहरु धुरु धुरु रुन्छन त्यही समय दर्शकहरु पनि रुन्छन यो दृश्यमा ।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।